Listen Live

​मंसिर अन्तिमबाट जिल्ला अस्पताल निमार्ण सुरू गरिने
Posted On: Dec 10, 2016


रसुवा, मंसिर २५ –  भुकम्पले भत्किएको जिल्ला अस्पताल रसुवाको निमार्ण कार्य मंसिर अन्तिमबाट सुरू गरिने भएको छ । 


भुकम्पका कारण भत्किएको जिल्ला अस्पताल गएको असारमा नै नेपाल रेडक्रस सोसाइटीले निमार्ण सम्पन्न गर्ने गरी योजना वनेको भएपनि दोहोरो टेन्डर गर्न परेपछि निमार्ण कायमा ढिलाई भएको थियो । क्यानेडियन रेडक्रसको आर्थिक सहयोगमा निमार्ण हुन लागेको अर्धस्थायी प्रिफ्याव भवन बैसाख १२ गते हस्तान्तरण गर्ने गरी कार्य अघि बढाइने जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. विवेक कुमार लालले जानकारी दिनुभयो । 


भवन निमार्ण नहुँदा जिल्ला अस्पताल टेन्टको भरमा सञ्चालन भैरहेको छ । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै अस्पतालमा आउने विरामी समेत मर्कामा परेका छन् । चिसो मौसममा टेन्टले नधान्ने भएकाले तातोको लागि वैकल्पिक व्यवस्था गर्न रेडक्रसले सहयोग गर्ने जनाएको छ । भवन नवन्दा अस्पतालले सुरू गर्न लागेको विशेषज्ञ सेवा समेत प्रभावित भएको छ । भवन अभावमा अप्रेसन गरेर सुत्केरी गराउने र स–साना शल्यक्रिया गर्नका आएको कार्यक्रम समेत सञ्चालन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. लालले वताउनुभयो । 

Comments