Listen Live

रसुवामा एक गाउँ एक कृषि प्राविधिक
Posted On: Feb 15, 2017

रसुवा, फागुन ३ – रसुवाका हरेक गाविसमा एक जना कृषि प्राविधिक रहने भएका छन् । एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले करारमा ७ जना नयाँ प्राविधिक छनौट गरेर हरेक गाविसमा एक जना प्राविधिक खटाउन लागिएको हो ।

यसअघि जिल्लामा १३ जना नायब सहायक प्राविधिक (जेटिए) रहेकोमा कार्यालयले सात जना करारमा प्राविधिक थप गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँका अनुसार छनौट गरिएको प्राविधिकलाई गाँउमा नै सम्पर्क केन्द्र स्थापना गरेर गाँउमा नै बस्ने वातावरण मिलाइनेछ ।

नयाँ प्राविधकलाई कृषि सेवाको प्रभावकारी रुपमा पहुँच पुग्न नसकेको यार्सा, बृद्धिम, थुमन, ठूलोगाउँ, डाँडागाउँ र हाकुमा खटाइने कार्यालयले जनाएको छ । चार वटा कृषि सेवा केन्द्र रहेको रसुवामा सरमथली, भोर्ले र डाँडागाउँ गाविसमा तीन वटा सम्पर्क केन्द्र स्थापना गरिएको छ ।

कार्यालयले थप गरेको नँया प्राविधिकले गाउँगाउँमा पुगेर बिउ बिजन वितरण गर्ने, कृषि सम्बन्धी परामर्श गर्ने र कृषि सेवा केन्द्र तथा कृषि विकास कार्यालयसँग सम्पूर्ण किसानको पँहुच पु¥याउनका लागि सहयोग पु¥याउने वरिष्ठ कृषि विकास अधिकृत हुमागाइँले जानकारी दिनुभयो । 

Comments