Listen Live

धुन्चे गाविस स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न
Posted On: Mar 15, 2017

अनु आचार्य,  रसुवा  
चैत २

रसुवाको सदरमुकाम धुन्चेमा संचालन भएको गाविस स्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्पन्न भएको छ । मंगलबार नक आउटको आधारमा खेलाईएको प्रतियोगितामा धुन्चे वडा नम्बर ६ प्रथम धुन्चे वडा नम्बर ७ द्धितिय र धुन्चे वडा नम्बर ८ तृतिय भएको छ ।

विपि चिन्तन प्रतिष्ठान रसुवाको प्रथम जिल्ला अधिबेशनको अवसरमा संचालन गरिएको भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश: १३ हजार, ९ हजार,७ हजार नगद सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको खेलकुद संयोजक सगुन घलेले जानकारी दिए । प्रतियोगितामा धुन्चेका ६ टिमको सहभागिता रहेको थियो ।

Comments