Listen Live

कृषिमा यान्त्रीकरण भएपछि रसुवाका कृषकलाई सहज
Posted On: Mar 19, 2017
कृषिमा यान्त्रीकरण भएपछि रसुवाका कृषकलाई सहज

रसुवा, चैत ६ – कृषिमा यान्त्रीकरण हुन थालेपछि रसुवाका कृषकलाई सजिलो भएको छ । परम्परागत कृषि औजार चलाउदै आएका कृषकलाई कृषि विकास कार्यालयले कृषि पेशामा आवश्यक पर्ने आधुनिक प्रविधि प्रदान गरेपछि कृषकलाई सजिलो भएको हो । 


कार्यालयले विशेषगरी जिल्लाको तल्लो भागमा पर्ने उत्तरगया गाँउपालिका, नौकुण्ड गाँउपालिका र कालिका गाँउपालिकाका व्यवसायिक कृषकलाई कृषि सामाग्री प्रदान गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँईका अनुसार कृषकलाई ९० प्रतिशत अनुदानमा एक सय २० वटा टयाक्टर, ६ वटा धान चुटने थ्रेसर मेसिन र २४ वटा मकै छोडाउने विद्युतीय मेसिन कृषकलाई प्रदान गरेको हो । 


टयाक्टर विग्रिएमा मर्मतका लागि कालिकास्थानमा वर्कसप सञ्चालन गरिएको छ । कृषि विकास कार्यलय रसुवाको सहयोगमा स्थापना भएको वर्कसपले काम गर्नका लागि सहयोग पुगेको कृषक रेवती अगस्तीले वताउनुभयो । 
अगस्तीका अनुसार टयाक्टर सञ्चालन गर्दा कृषकले कम समय तथा थोरै लागतमा धेरै उत्पादन लिन सफल भएका छन् । गोरु जोत्दा खेरी समय तथा कामदार धेरै लाग्ने भएपनि टयाक्टरको प्रयोगले छेउकुना खन्ने, डल्ला फुटाउने लगायतका काम गर्न नपर्ने अगस्तीले वताउनुभयो ।   

Comments