Listen Live

नेपालमा रेडियोको भुमिका
Posted On: Mar 23, 2017
नेपालमा रेडियोको भुमिका

भनिन्छ चार हजार शसस्त्र सैनिकहरु भन्दा चार वटा विरोध पत्रिका मिडियाहरु बढी खतरनाक हुन्छन् । सायद त्यसैले नै होला मिडियाको महत्व बढी भएका र पत्रकारिता पढाई हुने कलेज र मिडिया कम्पनीहरुको विकास तिव्र गतिमा भईरहेछ । हाल नेपालमा मिडियाको विकासमा भने रेडियो एफ.एम. सञ्चालन नै अगाडी देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालयले पुष मसान्तसम्ममा नेपालको देशभर ७४६ एफ.एम. रेडियो स्थापनाका लागि इजाजत दिएको छ । जस मध्ये ५०७ एफ.एम.रेडियोहरुले नियमित प्रशारणमा रहेको छ । विशेष त जिल्ला जिल्लामा सञ्चालन स्थानीय सञ्चारका लागि लोकप्रिय एफ.एम. रेडियोहरुको स्थापना र संचालन प्रक्रियाहरुलाई अध्ययन गर्ने हो, भने सरकारी, सामुदायिक र व्यवसायिक रेडियोका रुपमा आआफ्नै उद्देश्य र प्रशारण तथा कार्यक्रम तालिका र संचालन अनुसार प्रशारणमा रहेको पाईन्छ । राष्ट्रिय नेटवर्कहरुमा आवद्ध भएर स्थानीय खबरलाई राष्ट्रिय र राष्ट्रिय खबरहरुलाई कुना काप्चासम्म पहुँच पु¥याउन एफ.एम. रेडियोहरुको भूमिका दिनप्रतिदिन बढ्दो छ । यसै विच समुदायको लागि सपर्पित रहेको सामुदायिक रेडियोहरु मुलकभर ३०० वटा जति सामुदायिक रेडियो प्रसारक संघ अकोराबमै आवद्ध छ । अझै पनि ७५ वटै जिल्लामा समानुपातिक रुपमा रेडियो एफ.एम.को पहुँच पुग्न सकेका छैनन् । तर अन्तीममा रेडियोको पहुँचमा पुग्ने जिल्लाहरुमा रसुवा जिल्ला भने तेस्रो जिल्लामा आउन पुग्छ । 
पछिल्लो पटक मनाङमा सामुदायिक रेडियो स्थापना भई रेडियो मनाङले गत जेष्ठ २० गतेबाट प्रशारण सुरु गरेसगै ७५ वटै जिल्लामा रेडियो स्थापित हुन सफल भएको छ । अव मुलुकको शतप्रतिशत जनसंख्यासम्म रेडियो एफ.एम.हरुको तरङ्गको पहुँच पुगेको छ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको अनुसार सामुदायिक रेडियो सञ्चालनका लागि समुदायले गरेको लगानी २ अर्व रुपैयाँ भन्दा बढी रहेको छ । नेपालका सामुदायिक रेडियोहरुमा स्वंमसेवी, पूर्ण कालीन र आंशिक गरी १० हजार भन्दा बढी सञ्चारकर्मीहरु प्रत्यक्ष रुपमा सहभागी छन । 
मुलुकका ६० भन्दा बढी स्थानीय भाषाहरुमा कार्यक्रम र समाचार प्रशारण गरिरहेका रेडियोहरु नै भाषिक पहिचानका लागि योगदान दिईरहेको सञ्चार माध्यम हुन । साच्चै भन्ने हो भने नेपालमा रेडियोहरुले प्रस्तुत गरेका काम र प्रभाव राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नमुनाका रुपमा स्थापित भएका छन । रेडियोहरुको संख्यात्मक बृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान गरिरहेको छ । आधारभूत तहमा सुशासन र पारदर्शिताको प्रत्याभूत गराउने माध्यमका रुपमा पनि रेडियोहरुको उपस्थितिलाई हेर्न सकिन्छ । सामाजिक अन्धविश्वास र कुरीति हटाउने देखि सामाजिक न्यायको संवद्र्धनसम्मका आयाममा रेडियोहरुको भूमिका बढेको छ र समाजको सचेतना बढाउन र उपेक्षित तथा उत्पीडित समुदायको आवाजलाई नीति निमार्ण तहसम्म पु¥याउन रेडियोहरुको योगदान छ । 
ग्रामिण क्षेत्रमा बढी भन्दा बढी सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन । तर सहरी क्षेत्रमा पनि सामुदायिक रेडियोहरुले खेलेको भूमिका त सराहनीय छन । नेपालको राजधानी काठमाण्डौ देखि उत्तरी भेगमा ११८ किलो मिटरको दुरीमा रहे तापनि रसुवा जिल्लामा कुनै रेडियो एफ.एम. नभएको कारण यहाँका जनता तथा स्रोताहरुले यस रसुवा जिल्ला नेपाल कै तेस्रो पर्यटकिय गन्तव्य भएर पनि दुर्गम जिल्लाले परिचित छन । यसका कारण रसुवामा रसुवाका पर्यटन क्षेत्रको प्रचारप्रसार, कला संस्कृतिक तथा अनुभावहरु अरु माझँ प्रस्तुत गर्न नपाएका कारण यस जिल्लाको विकासले गतिलिन सकिरहेको थिएनन् । अव यस जिल्लामा जिल्ला कै पहिल्लो रेडियो, रेडियो रसुवा १०२.१ मेगाहर्जको प्रशारणलाई रसुवा, नुवाकोट तथा धादिङका केही स्थानमा बसोबास गर्ने स्रोतामित्र तथा शुभचिन्तकहरूले सकारात्मक तथा सिर्जनात्मक प्रतिक्रियाबाट यो स्पष्ट हुन्छ कि रेडियो रसुवा १०२.१ मेगाहर्जले आफ्नो स्थापनाकालको छोटो समयमै निकै ठूलो सफलता हासिल गरिसकेको छ । 
अकोराबका प्रयासहरु 
रेडियोका कर्मचारी र प्रस्तोता पत्रकारहरुको सुरक्षाका लागि बिमा, न्यूनतम पारिश्रमिक, क्षमता अभिबृद्धिका लागि संस्थागत सुशासनको अवधारणा, काम, कर्तव्य र अधिकार एवम् समानुपतिक विज्ञापन वितरण, आधुनिक उपकारण वा प्रविधिको प्रयोगले सुचनाको हक, दक्ष जनशक्तिको उत्पादन र परिचालन तथा दक्षता अभिबृद्धिमा सरकारी निकाय र सरोकारावालाहरुसँग परामर्श र ध्यानाकर्षण गराई रहेको छ । जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियोहरु इजाजत र लाईसेन्स जिल्लामा नै नविकरण गर्ने व्यवस्था मिलाई दिन र जिल्लामा नै सरकारले वार्षिक बुझाउनु भने रोयल्टी रकम हटाउने जस्ता कार्यमा नेपाल सामुदायिक रेडियो प्रशारक संघले सम्बन्धीत निकायहका पहल कदमी गरिरहेका छन । 
रसुवामा सञ्चार क्षेत्रको अवस्था 
बत्तिको मुनि अध्यारो भने जस्तै राजधनी देखि नै नजिक रहेको रसुवा जिल्लामा भने सुचना सञ्चारका मिडियाहरुको विकासले गति लिन सकेनन् । २०६२÷६३ को जनआन्दोलन पश्चात रसुवामा रसुवा खबर साप्ताहिक पत्रिका र नयाँ प्रवाह मासिक पत्रिका गरि दुई पत्रिकाको सञ्चालनमा आएका थिए । यि दुवै पत्रिका आर्थिक अभावका कारण बन्द गर्नु प¥यो । त्यस पछि २०६७ सालमा ग्रेस नेपाल नामक सामाजिक गैरसरकारी संस्थाले सय वाटको रेडियो रसुवाको इजाजत लिई २०६८ मंसिरमा आफ्नो सेवा प्रशारण सुरु गरेका थियो । रसुवाको भौगोलिक अवस्थाका कारण यो रेडियो रसुवाको सबै भेगमा आफ्नो सेवा पु¥याउन असमर्थन भए । २०७० साल पछि रसुवाको तल्लो भेगमा रेडियो लाङटाङ र रेडियो गोसाईकुण्ड सञ्चालनमा आई नियमित प्रशारणमा रहेका छन । रसुवामा स्थानीय मिडियाको नाममा रेडियो रसुवा, रेडियो लाङटाङ, रेडियो गोसाईकुण्ड प्रशारणमा छ । देशैभरका जिल्लाहरुका स्थानीय दैनिक, साप्ताहि, मासिक पत्रपत्रिका, स्थानीय टेलिभिजन र रेडियोको तिव्रविकास भईसके पनि रसुवामा भने स्थानीय पत्रपात्रिका, स्थानीय टेलिभिजन सञ्चालन हुन सकरहेको छैन । रसुवा विकासको सम्भवना बोकेको जिल्ला भए पनि न्यून जनसंख्या र मिति व्यवसायका कारण मिडिया टिकाउने आधार नभएकोले मिडियाहरुको विकास भई रहेको छैन ।  
जिल्लाका सामुदायिक रेडियो 
भनिन्छ आवाज विहिनहरुको आवाज नै रेडियो हो । तर जिल्लाका सामुदायिक रेडियोले कति आवाज विहिनहरुको आवाज भन्न सकियो ? त्यो भने हेर्न बाँकी नै छ । सामुदायिक रेडियोहरुलाई कतिले त एम्पीफोर रेडियो भन्न थालेका छन् । राष्ट्रिय नेटवर्क रेडियोहरु जोड्ने, गित बजाउने र अन्य छिमेकी र आफन्तका रेडियोहरु नै जोडेर रेडियो प्रशारण गर्नेहरुको पनि यो समाज नमुनाहरु धेरै छन । अन्य राष्ट्रिय नेटवर्क रेडियोहरु जोड्ने, अर्को फ्रिक्वेन्सीको रेडियो जोड्ने र खर्च कम गर्ने अनि कमाउन तिर लाग्नेहरुको पनि कमि छैन हाम्रो समाजमा । सञ्चार मन्त्रालय र रेडियो प्रशारण नीति नियमले त सामुदायिक रेडियोले ७० प्रतिशत आफ्नै कार्यक्रम उत्पादन हुनु पर्ने र २० प्रतिशत भन्दा बढी रिले पुनःप्रशारण गर्न नपाउने कानूनी प्रावधान छन । तर रेडियो रसुवा १०२.१ मेगाहर्ज कतिको आवाज विहिनहरुको आवाज भयो त्यो मुल्यांकन गर्न भने बाँकी छ । जे होस् ७० प्रतिशत स्थानीय कार्यक्रम उत्पादन भने गरेको छ । रेडियो रसुवा १०२.१ मेगाहर्ज समता, सिर्जना, शान्ति र हिमाली रेडियोको समावेशी आवाजको साथमा नेपालीको मन हिमालीको आवाजले चिनाउने प्रयासमा भने अग्रसर नै छ । 
रेडियो रसुवाको अवस्था 
नेपाल अनेकतामा एकता र विविधतामा समता भएको शान्तिदूतका नामले विश्व प्रसिद्ध छ । बहुभाषा, बहुजाति अनि बहुसंस्कृतिको यो सुन्दर धरोहर नेपालमा रेडियो रसुवा १०२.१ मेगाहर्ज समता, सिर्जना, शान्ति र हिमाली रेडियोको समावेशी आवाजको साथमा नेपालीको मन हिमालीको आवाजले चिनिन थालेको छ । यसको प्रमाण एउटा छुट्टै शैली, भिन्नै प्रस्तुति, स्थानीय भाषालाई प्राथमिकता, असल उद्देश्य आदि हुन् । ताजा र विश्वसनीय खबरमा समसामयिक नेपालको जनअभिरूचि तथा जनसरोकारसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने विषय तथा प्रसङ्गहरूमा केन्द्रित रहेर चर्चा परिचर्चा, विचार सम्प्रेषण तथा विश्लेषण, मानवअधिकार तथा सामाजिक न्याय अनि बालबालिकाको सर्वाङ्गीण विकासको लागि समता, समावेशीमा आधारित लोकतान्त्रिक गणतन्त्रको पक्षमा कार्यक्रम सञ्चालन गरिआएको छ । समुदायको विशेष चासोका विषयलाई विषयवस्तु बनाएर विविध भाषा, नवीन शैली, जनभावना अनुसारको प्रस्तुतिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिरहेका छौँ । कृषि, अर्थ–वाणिज्य, कला, साहित्य, सङ्गीत, सँस्कृति तथा पर्यटन अनि स्वास्थ र शिक्षासँग सम्बन्धित कार्यक्रमको संयोजनका साथमा स्थानीय कला–सँस्कुति, भाषा तथा साहित्यको जगेर्ना गर्दै जनचेतना जगाउने खालका कार्यक्रमका साथमा मनोरञ्जनको अधिकारको प्रत्याभूति हामी हाम्रा स्रोतासँग प्रत्यक्ष वा परोक्षरूपमा सहकार्य गर्न सफलिभूत बनाउन त्यस संस्थासँग सहकार्य गर्नु र आवाजविहीन बाँच्नेहरूको आवाज बुलन्द गर्नु अनि जनताको आवाज जनताकै मातृभाषाको मौलिक हकको प्रत्याभूति दिलाउनु पनि हाम्रो लक्ष र हामी उभिनुको मूल आधार हो भन्ने रेडियो रसुवाको ठहर छ ।

रेडियो प्रशारकले ल्याएका उपलब्धी 
ग्रामिण क्षेत्रमा बढी भन्दा बढी सामाजिक रुपान्तरणका लागि रेडियोहरुले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छ यो सबैलाई अवगत नै भएको कुरा हो । रसुवा जिल्ला नेपाल कै तेस्रो पर्यटकिय गन्तव्य भएर मिडियाको पहुँच नहुदाँ पयर्टन विकास गर्न सकिरहेका थिएनन् । सरकारी तथा संघसंस्थालाई पनि जनतालाई सुचना दिन रेडियो मध्यम नै बढी प्रभावकारी हुन्छ । सुचनाको माध्यमहरु मध्ये सबै भन्दा सरल र सहज मध्यम रेडियो नै हो । सबैले पत्रिका हेर्न र पढ्न सकिदैन र सबैले टिभी हेर्न पनि सकिदैन र अन्य पत्रिका र टिभी हेर्न मानिसले समय नै छुटाई बस्नु पर्छ र रेडियो सुन्नलाई अन्य कार्य गर्द गर्दै रेडियो सुन्न मिल्ने भएको हुदाँ नागारिकहरुले बढी सुचना लिने मध्यम मध्ये रेडियोलाई बढी रुचाउछ । अन्य विद्युतिय मिडियाहरु भन्दा मानिसहरु रेडियोमा आफ्नो कुरा राख्न उत्साही हुन्छ । 
रेडियो छिटो, ताजा विश्वसनीय खबरमा समसामयिक जनअभिरूचि तथा जनसरोकारसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने विषय तथा प्रसङ्गहरूमा हाल रसुवामा रेडियोहरुको भुमिका अति प्रशंसा योग्य छ । समसामयिक जनअभिरूचि केन्द्रित रहेर चर्चा परिचर्चा, विचार सम्प्रेषण तथा विश्लेषण, मानवअधिकार तथा सामाजिक न्याय अनि बालबालिकाको सर्वाङ्गीण विकासको लागि समता, समावेशीमा आधारित लोकतान्त्रिक गणतन्त्रको पक्षमा आवाज भनेको छ रेडियो । 
रेडियो सञ्चालनका समस्या
रेडियो सञ्चालन गर्न ठुलो होईन रेडियोलाई निरन्तर टिकाउनु ठुलो कुरो हो । यसको लागि धेरै कुराहरु मिल्नु पर्ने हुन्छ । दक्ष जनशक्ति, आर्थिक, भौतिकको अवाश्यकता पर्ने हुन्छ । रसुवा विकासको सम्भावना बोकेको जिल्ला भए पनि न्यून जनसंख्या, सिमित व्यवसाय, न्यून सरकारी बजेट र रेडियो प्रति हेर्ने नकारात्मक दृष्टिकोणका कारण रेडियोको विकास गर्न कठिन हुने गर्दछ । रेडियोको मेरुदण्ड भनेको नै दक्ष जनशक्ति हो । रसुवाबासीहरु ८५ प्रतिशत जनसंख्या जनजाति र त्यसमा पनि ६५ प्रतिशत जनसंख्या तामाङ जाति रहेकोले भाषिक समस्याका कारण रेडियोमा काम गर्न रसुवालीहरु यति धेरै उत्साही छैन । स्थानीय कामदर कार्यक्रम प्रस्तोताहरु उत्पादन हुन नसक्दा यस क्षेत्रमा रेडियोमा काम गर्ने जनशक्तिको अभाव छ । दोश्रो कुरा भनेको रेडियो सञ्चालनमा मुटु भनेको आर्थिक नै हो । सिमित व्यवसायी र थोरै जनसंख्या भएको हिसावले यहाँ रेडियोमा व्यवसायहरुको विज्ञापन भने अति धेरै आउन सकिरहेको छैन । त्यस हिसावले रेडियो टिकाउने भने नै सरकारी कार्यालयहरुका सुचना जनहित सुचना र कार्यक्रम प्रायोजित आर्थिक रकम नै हो । तर जनतालाई सुचना दिन सरकारी कार्यालयहरु पनि सुचनाको बजेट छुटाउनु पर्छ भन्ने तिर त्यति ध्यान दिएको पाईदैन । यसको साथै रसुवामा रेडियोको केही सामान बिक्रिए पनि दक्ष प्राविधिक नभएकोले काठमाण्डौ नै ल्याइजानु पर्ने र काठमाण्डौबाट मर्मत गरि नफर्किए सम्म रेडियो बन्द गर्नु पर्ने बाध्य हुन्छ । अन्य जिल्लामा रेडियो सञ्चालन गर्न निकै अन्य व्यक्तिहरुले भौतिक सहयोग, आर्थिक सहयोग गरेको नमूना पनि देखिन्छ तर रसुवामा भने रेडियो प्रति जनताको हेर्ने दृष्टिकोण फरक देखिन्छ । हाम्रो छिमेकी जिल्ला धादिङको रेडियो धादिङलाई स्थानीय प्रशारणले घर बत्काउको समाचार ता सुनेकै होला । त्यस पछि त्यहाँका एक स्थानीय व्यक्तिले रेडियोलाई ३१ लाख बराबरको जग्गा दान गरिएको छ । अनि नजिकको जिल्ला नुवाकोटमा रेडियो नुवाकोटको लागि स्थानीय व्यक्ति, व्यापारीहरुको सहयोगमा घर निर्माण सम्पन्न गरिएको छ । नुवाकोटका स्थानीय व्यक्ति, व्यापारी रेडियोलाई कसैले आर्थिक, कसैले बालुवा, गिट्टी राड, सिमेन्ट सहयोग गरेको थियो । तर रसुवामा भने सहयोग माग गर्दा कुरा मिल्छ सहयोग मिल्दैन । रसुवामा रेडियोबाट सुचना, सन्देश मनोरञ्जन प्राप्त गर्छन तर रेडियो हाम्रो सुचनाको माध्यम हो, रेडियोको विकास गर्नु पर्छ भनेर स्थानीयको समेत ध्यान जान सकिउको छैन । 

भुकम्प पछिको रेडियो 
बैसाख १२ गतेको महाविनासकारी भुकम्पले नेपालको १४ जिल्लालाई ठुलो प्रभावित बनायो हजारौं संख्याको धनजनको क्षति भयो । 
त्यसमा नेपालको मिडिया क्षेत्र पनि निकै प्रभावित हुन पुग्यो । भुकम्प गएको केही दिन सम्म त रसुवाको रेडियोहरुले आफ्नो सेवा प्रशारण गर्न सकिएन । तर भुकम्प गएको ८ दिन पछि रसुवाको माथिल्लो भेगमा कुनै पनि सुचनाको माध्यम नभए पछि । सडकमा बसेर रेडियो रसुवाले आफ्नो सेवा प्रशारण गर्यो । यो भुकम्पमा सुचना दिने पहिलो र रसुवालीको सूचनाको साथी बन्यो । रेडियो रसुवाको स्टुडियो भएको घर पुर्ण रुपमा क्षति थियो र त्यस घरबाट रेडियोले सेवा प्रशारण गर्न सक्ने कुरै थिएनन् । सडकमै केही दिन विभिन्न गाविसमा बसेको वा उद्धार हुन नसकेकाहरुको आवाज बन्न पुग्यो रेडियो रसुवा । 
सडकमा बसेर सरकारी आधिकारीहरुलाई भुकम्प पीडितहरुलाई उद्धार कार्यमा सक्रिया बनाउने काम गर्यो । रेडियोले फोन मार्फत राहत विवतरण प्रभाकारी बनाउने र उद्धर गर्ने र राहत वितरण गर्ने सुचना लिने र सम्बन्धित क्षेत्रमा दिने कार्यका तिब्र कार्य गरियो । धेरै मानिस भुकम्पका पराकम्पनमा ज्यान जोगाउन सुरक्षा स्थानहरुको खोजी गर्दै बस्ने र राहत संकलन गर्न तिर लगियो । 
तर भुकम्पले जमिन हल्लिरहयो हामी रेडियोमा बोलिरहयो । जनतालाई सुचना दिन ज्यानको कुनै ख्याल नगरी रेडियोले सेवा निरन्तर सेवा प्रशारण गरियो । रेडियोले राहत वितरणमा भ्रष्ट्रचारका विरुद्ध पनि आवाज उठाए भ्रष्ट्रचारीहरुलाई खवरदारी गर्ने कार्यहरुमा समेत काम गरे । तर सरकार प्रशासन भ्रष्ट्रचारलाई कानुनी कारबाही गर्नुको साटो आवाज उठाउनेको आवाज दवाउन तिर तिब्र रहयो । 
फलसोरुप हाल सम्म सम्बन्धित निकाय सरकारी तथा गैरसरकारीले दिने राहतहरुमा रेडियो रसुवाका पदाधिकारीहरुको राहत वितरण नामवाली संकलनमा नाम कट्ने र राहतबाट बञ्चित गर्ने काममा गाविस कार्यालयका कमृचारी सक्रिया रहिरहयो । भुकम्पमा रेडियो रसुवामो स्टुडियो, धेरै भौतिक सम्पतिको क्षति भयो । तर रेडियोलाई सहयोग गर्ने तर्फ भने सरकारी तथा जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाको ध्यान जान सकिएनन् । भुकम्प गएको २ महिना पुग्यो अहिले पनि रेडियो रसुवा एक व्यक्तिको जग्गा लिजमा लिई आफैले जस्ताको सानो टहरा निर्माण गरि अभावै अभावमा टहरामै स्टुडियो निर्माण गरि रेडियो सञ्चालन गरिरहेका छ । व्यक्तिको लगानी रेडियो सञ्चालन गरि आफ्नो लगानी सामुदायिक गरेको छ । यस्तो क्षेत्रलाई संरक्षण गर्न राज्यको दायित्व होईन ? समुदायका केही व्यक्तिले जनतालाई सुचना दिलाउने उद्देश्यले रेडियो सञ्चालन गरि रहेका छन भने रेडियोहरुलाई संरक्षण र संबद्धन गर्न सम्बन्धित निकायहरुको ध्यान पुग्नुपर्ने होइन र ?  
                         लेखकः रेडियो रसुवाका अध्यक्ष दिपक लामा

Comments