Listen Live

​रसुवामा चौथो राष्ट्रपति रनिङ शिल्ड आजदेखि सुरु
Posted On: Apr 06, 2017
​रसुवामा चौथो राष्ट्रपति रनिङ शिल्ड आजदेखि सुरु

रसुवा, चैत २४ – रसुवामा आजदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रसुवाले आयोजना गरेको प्रतियोगितामा ८ वटा खेल सञ्चालन हुने छ । प्रतियोगितामा भलिवल, कवड्डी, हाइजम्म, लङ्गजम्प, सटपुट, ज्यभलिन थ्री र दौड सञ्चालन हुने आयोजकले जनाएको छ । 
प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार र तेस्रो हुनेलाई ९ हजार नगदका साथै मेडल, ट्रफि, शिल्ड र प्रमाणपत्र वितरण गरिने समितिका अध्यक्ष तेम्पा सिङ्गी तितुङले वताउनुभयो । प्रतियोगितामा जिल्लाका १० वटा माध्यमिक विद्यालय सहभागि छन् । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुने समितिले जनाएको छ । 

Comments