Listen Live

​गणतन्त्र १० वर्षे भयो, विस्तारै हुर्किदै ।
Posted On: May 29, 2017
​गणतन्त्र १० वर्षे भयो, विस्तारै हुर्किदै ।

दिपक लामा 
रसुवामा गणतन्त्र दिवस २०७४ भव्य रुपमा मनाउन गठित गणतन्त्र दिवस मुल समारोह समितिको निर्णायानुसार जेष्ठ १४—१६ गतेसम्म सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयमा दिपावली गर्ने र १५ गते रसुवाको सदरमुकाम धुञ्चेको स्वगतम गेटबाट जिल्ला समन्वनय समितिको प्रांगन सम्म प्रभातफेरी गर्ने योजना तय गरेको थिए ।

धेरै जस्तो सरकारी तथा अन्य कुनै कार्यालयले पनि दिपावली गरको त देखिएनन तर १५ गते दिवसको दिनमा प्रभातफेरी भने गयो । तर प्रभातफेरीमा हेर्ने हो भने अधिकांश सरकारी तथा बोर्डिङका विद्यार्थी, नेपाल प्रहरी, म्यादी प्रहरी, शास्त्र प्रहरी, केही सरकारी कर्मचारी, थोरै गैरकारी संस्थाका कर्मचारी, पत्रकारहरु र केही स्थानीय व्यक्तिहरुको उपस्थिती देखियो । बैषाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा गाँउमै बसेर जनताको भोट बटुल्न बसेका राजनैतिक दलका नेताहरुको उपस्थिति भने कमै देखियो ।

गणतन्त्रलाई संस्थागत गर्ने स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरु समेत गणतन्त्र दिवसमा उपस्थिती हुन सकेनन । के गणतन्त्र विद्यार्थी, नेपाली प्रहरी, म्यादी प्रहरी, शास्त्र प्रहरी, सरकारी र गैरसरकारी र केही स्थानीय व्यक्तिलाई मात्र लागेको हो ? मलाई लाग्छ कि गणतन्त्र सहिदहरुको सहादत र राजनैतिक दलहरुको अन्दोलनले गर्दा गणतन्त्र आएको हो । यो गणतन्त्र दिवसलाई राजनैतिक दलको महत्वपूर्ण पर्व जस्तो हुनु पर्ने हो । यो पर्वलाई किन मनाउन राजनैतिक दलहरु सहभागी हुन सकेनन ? के हाम्रो राजनैतिक दललाई गणतन्त्र दिवसलाई सम्मान तथा सम्झना गर्ने दिन गएको हो ? 

सोमवार जेष्ठ १५ गते दशौं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र घोषणा गरेको १० वर्ष भईसकेको छ । २४० वर्षको शाही शासनको अन्त्य भई आज कै दिन नेपालमा गणतन्त्र स्थापना भएको हो । २०६२—६३ सालको जनआन्दोलनको उपलब्धि स्वरुप प्राप्त गणतन्त्र नेपालीहरुको लागि एक ऐतिहासिक उपलब्धि हो ।

गणतन्त्र आएको उपलक्ष्यमा जेष्ठ १५ मा देशै भरी विभिन्न कार्यक्रम संचालन गरिन्छ । धेरै जस्तो जिल्लामा यो दिन विभिन्न राजनैतिक दलहरुले आफ्नो कमजोरीको समिक्षा गर्ने र आफुले गरेको कामको प्रचार गर्ने गरिन्छ तर राजनैतिक दलले कमजोरीको समिक्षा गरे पनि कमजोरी सुधार्ने गरेको भने पाइदैन ।
नेपालमा गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रा राजनीतिक दलका नेताहरुको हो । किन भने नेपालको संविधान कार्यन्वयन तथा समृद्ध नेपाल बनाउन कार्यन्वयन र निर्णाय तहमा राजनैतिक दलका नेताहरु नै हुन्छ । राष्ट्रिय हितको लागि कार्य गर्ने जिम्मेवारी राजनैतिक दलका नेताहरुको नै हो । गणतन्त्र संस्थागत गर्ने भनेको पहिलो पाईला भन्नेको निर्वाचन नै हो ।

देशमा संविधान घोषणा भई पहिलो चरणको स्थानीय तहको ३४ जिल्लामा निर्वाचन समेत भईसकेको छ । निर्वाचनको मत परिणम समेत आई सकेको छ । भने दोश्रो चरण स्थानिय तहको निर्वाचनमा ४१ जिल्लामा यही असार ३१ गते सरकारले तोकिएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएका जिल्ला तथा स्थानमा जनप्रतिनिधि पाई सकेका छन । अव देशको सार्वभौमसत्ता जनतामा निहित हुनु पर्छ । जनताले स्थानीय जनप्रतिनिधि प्राप्त गरे पनि जनताको अधिकार जनताले प्रत्याभूत होस् ।

गणतन्त्र भन्नले गणतन्त्र दिवसमा नेता, कर्मचारीले ठुला ठुला भषाण गर्ने सहिदहरुको फोटोमा माला चढाउने मात्र होईन, गणतन्त्र भनेको राजा फालिनु मात्र होईन, मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु हो । मुलुकमा शान्ति स्थापना भई मुलुकमा संमृद्धि आउनु हो । नेपाली जनताले आजको मिति सम्म यसको अनुभूति गर्नु त परै जाओस यसको लक्षण देख्न समेत पाएका छैनन । राज्यसंयन्त्र लगायतका सबै अंगहरुमा नातावाद, कृपावाद बिना निष्पक्ष रुपमा योग्यताका आधारमा कर्मचारीहरु नियुक्ती प्रक्रिया नेपाली जनताले चाहेका हुन ।

कर्मचारीतन्त्र चुस्त र दुरुस्त हुनुपर्दछ तव मात्र गणतन्त्र संस्थागत हुन्छ । केवल कागजमा मात्र नेपालमा गणतन्त्र संस्थागत भयो भनेर लेखेर मात्र गणतन्त्र संस्थागत हुर्दैन, गणतन्त्र संस्थागत संविधानमा लेखिएका कुराहरुलाई व्यवहारमा उर्तानु पर्छ । देशमा हुनेस्थानीय तह, प्रदेश र संघको निर्वाचनमा पनि राजनैतिक दलहरुले निरन्तर राजनितिमा लागेको, निस्वर्थ रुपमा समाज सेवामा लगेका र योग्य व्यक्तिलाई उम्मेदार आफ्नो नेता बनाउन चाहेका हुन नकि नेताको चम्चागिरी गर्ने, नातावाद, कृपावादलाई उम्मेदार बनाई गलतलाई नेता होईन । यस्तो नहोस् कि परिर्वतनका लागि ज्यान गुमाएका सहिदहरुको आत्मले धिक्कार्न नपरोस । सहिदहरुको सपना पुरा गर । 

Comments