Listen Live

​डेन्टल सेवा सरकारी अस्पतालमा
Posted On: Jul 12, 2017
​डेन्टल सेवा सरकारी अस्पतालमा

२८ असार, रसुवा 
दातका समस्य रहेका दातका विरामीहरुलाई मध्यनजर गदै जिल्ला अस्पताल धुञ्चेले छिटै रसुवाको सदारमुकाममा रहेको जिल्ला अस्पताल मै डेन्टल सेवा प्रदान गर्ने भएको छ । 
डेन्टल सेवा प्रदान गर्ने सवै खालको औजार, उपकारण र औषधी जिल्ला अस्पतालमा आईसके पनि उपकारणहरु जडान गर्न बाँकी रहेकोले सिग्र उपकारणलाई जडान गरि केही दिन भित्रै रसुवाका दातका विरामीहरुलाई डेन्टल सेवा प्रदान गर्ने जिल्ला स्वास्थ्य प्रमुख डा.झलक शर्मा गौतामले बताउनु भयो । 

यो डेन्टल सेवा शुरु भई सके पछि केही दिन भित्रै जिल्ला अस्पताले विरामी र विरामीका आफन्ताको सुविधालाई मध्यनजर गर्दै अस्पताल परिसर भित्रै  औषधी विक्री केन्द्र फर्मेसी स्थापना गर्ने योजना रहेको समेत जिल्ला स्वास्थ्य प्रमुख डा. गौतामले जानकारी दिएको छ ।

रसुवा जिल्लामा हाल सम्मा दातका विरामीहरुलाई निजी रुपमा कालिकास्थान घुम्ती र रसुवा मेटिकल हल धुञ्चेले गरि दुई स्थानबाट डेन्टल सेवा प्रदान गर्दै आईरहेका थिए । 

Comments