Listen Live

​अस्पतालको सेवाको सार्वजनिक सुनुवाई
Posted On: Jul 12, 2017

२८ असार, रसुवा 
वि.सं. २०७२ बैषाख १२ र २९ गते गएको विनासकारी भूकाम्पले जिल्लाको सवै स्थानको अस्पतालको भवन र उपकारणहरु पूर्ण क्षति भई हाल सम्म निरन्तर टेन्टबाट विरामीलाई सेवा प्रदान गर्दै आई रहेका जिल्ला स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा अस्पतालको सेवाको सार्वजनिक सुनुवाई तथा सार्वजनिकीकरण कार्यक्रम बुधवार जिल्ला स्वास्थ्य कार्यालयमा सम्पन्न गरेको छ । 

भूकाम्पले अस्पतालको भवन र उपकारणहरु क्षति पु¥याए पनि टेन्टमा १५ वेटको क्षमता रहेको टेन्टमा ११ वटा जरनल बेड र ४ आकस्मिक बेड रहेको अस्पतालबाट रसुवाली जनतालाई कठिनाईको वाभजुत पनि उपलब्ध भएको सेवा प्रदान गरिरहेको अस्पतालका डाक्टरहरुले जानकारी दिएका छन । 
श्वास प्रश्वास रोगका कारण चेक जाँच तथा उपचारका लागि अस्पतालमा आउने विरामीहरु संख्या धेरै रहेको अस्पतालका डाक्टरहरुले जानकारी दिएका छन । त्यस्तै श्वास प्रश्वास रोग पछि पेट सम्बन्धी समस्य, पिसावको समस्य, निमोनिय, झाडा पखाला घाटीको संक्रमन र हाड जोड्नी दुखाई सम्बन्धीका कारण अस्पतालमा आउने विरामीहरु पनि छन । 

विरामी जिल्ला अस्पतालबाट २४ औ घण्टा आकस्मिक, बहिरङ्ग ओपिडी, आकस्मिक सेवा प्रसुति, एक्स रे, प्रयोगशाला परिक्षण, इसिजि, फिजिथेरिपिया सेवाहरु विरामीलाई व्दिदै आई रहेको छ । यस वर्षको जेष्ठ महिना सम्ममा जिल्ला अस्पतालले ५ हजार ५ सय २३ जना विरामीलाई उपचार गराएको जिल्ला अस्पतालले जानकारी दिएको छ । जसमा पुरुषको तुलनामा महिलाले धेरै बढी अस्पतालबाट सेवा लिएको  जिल्ला अस्पतालले जानकारी गराएको छ ।

जिल्ला अस्पतालमा ५ जना अनुभवि डाक्टरले विरामीलाई उपचार सेवा गर्दै आई रहेकोमा शल्यक्रिया गर्ने दक्ष जनशाक्ति नभए पनि यस वर्षको जेष्ठ महिना सम्म ५७ वटा गर्भवतीको प्रसुति, ६ सय ७६ जनाको एक्स रे, ४५ जनाको इसिजी समेत विरामीलाई सेवा प्रदान जिल्ला अस्पतालले जानकारी गराएको छ ।

बैषाख १२ र २९ गते गएको विनासकारी भूकाम्पले भवन र उपकारण क्षति भए पनि रसुवामा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न जिल्लामा जिल्ला अस्पताल १ वटा, प्राथमिक स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी १७ वटा, सामुदायिक स्वास्थ्य ईकाइ २ वटा, गाँउघर क्लिनिक ४५ वटा, खोप क्लिनिक ५७ वटा, महिला स्वास्थ्य स्वंयम सेविका २४५ जना रहेको छ ।  

जिल्लाका सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरु, पत्रकारहरुको सहभागी अस्पतालको सेवाको सार्वजनिक सुनुवाई तथा सार्वजनिकीकरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम देवकोटाको अध्यक्षतामा बुधवार सम्पन्न भएको हो । 

Comments