Listen Live

​रसुवामा सुर्तिजन्य वस्तु विक्रिका लागि दुई वटा पसलले मात्र इजाजत लिए
Posted On: Jul 13, 2017
​रसुवामा सुर्तिजन्य वस्तु विक्रिका लागि दुई वटा पसलले मात्र इजाजत लिए

रसुवा, असार २९ – रसुवामा सुर्तिजन्य वस्तु विक्रिका लागि दुई वटा पसलले मात्र इजाजत लिएका पाइएको छ । 
जिल्लाको सदारमुकाम धुन्चे, स्याफ्रुबेशी र टिमुरेको बजारमा सञ्चालन गरिरहेका खुद्रा व्यापारीले हालसम्म दुई वटा खुद्रा पसलले मात्र सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने अनुमति इजाजत पत्र लिएका हुन् । 

शानिवार जिल्ला स्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलको नेतृत्वमा धुञ्चे, स्याफ्रुबेशी र टिमुरेको ठाँउ ठाँउमा संचालन गरिएको खुद्रा पसलहरुमा बजार अनुगमन गर्दा धुञ्चेमा अवस्थित राम लक्ष्मी सप्लार्यस र लाङटाङ किनार स्टोर गरि २ वटा पसलमा मात्र सूर्तिजन्य पदार्थ बिक्री अनुमति इजाजत पाईएको जनस्वास्थ्य अधिकृत बसुन्धार शर्माले बताउनु भयो । 

शानिवार गरिएको बजार अनुगमनमा सूर्तिजन्य पदार्थ बिक्री अनुमति इजाजत लिनु पर्ने र सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन बारे धेरै व्यपारीहरुलाई कुनै पनि जानकारी नरहेको ऐन विपरित खुल्ला सूर्तिजन्य पदार्थ बिक्री गरिएको भेटिएको छ । 

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार सरकारी, शिक्षण तथा स्वास्थ्य संस्था जस्ता सार्वजानिक स्थल र सार्वजनिक यातायातमा धुम्रपान तथा सूर्तिजन्य सेवन गर्न पाईदैन र सार्वजानिक स्थलहरुको हाता भित्र धुम्रपान तथा सूर्तिजन्य सेवन गरेमा सो स्थालबाट बाहिर निकालिने वा एक सय रुपैयाँ जरिवाना सजाय हुनेछ । 

Comments