Listen Live

नौ कक्षाको परीक्षामा सोधियो, विराट कोहलीको ‘गर्लफ्रेन्ड’ को नाम?
Posted On: Oct 18, 2016

भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीको प्रेमको चर्चा शहरमा मात्र होइन, अब प्रश्नपत्रमा पनि हुन थालेको छ। घटना भर्खरको हो। महाराष्ट्रको एउटा स्कुलको परीक्षामा नवौं कक्षाका विधार्थीलाई सोधिएको थियो, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको प्रेमिकाको नाम।

महाराष्ट्रको भिविन्डीस्थित चाचा नेहरु हिन्दी हाई स्कुलको फिजिकल ट्रेनिङ (पिटी) को प्रश्नपत्रमा विराटको प्रेमिकाको नाम सोध्दै उत्तरको लागि ३ वटा विकल्प दिइएको थियो। विकल्पमा प्रियंका चोपडा, अनुष्का शर्मा र दीपिका पादुकोणको नाम छनोटका लागि राखिएको स्थानीय मिडियाले जनाएको छ।

Comments