Listen Live

पहिरो पीडितलाई साढे चार टन आलु वितरण
Posted On: Aug 28, 2017
पहिरो पीडितलाई साढे चार टन आलु वितरण

रसुवा, भदौ ११ – रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीका पहिरो पीडितलाई साढे चार टन आलु वितरण गरिएको छ । जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–३ गत्लाङको छेदिङ्मो महिला विकास समुहले गाउँमा उत्पादन भएको आलु संकलन गरेर पहिरो पीडितलाई वितरण गरेको हो ।

पहिरोको कारण विस्थापित भएका पैरेबेशीका एक सय २१ घरधुरीलाई आलु वितरण गरिएको समूहकी अध्यक्ष छिरिङ साङबो तामाङले वताउनुभयो । गाउँमा हरेक घरधुरीबाट ३० किलो आलु उठाएर पीडितलाई वितरण गरिएको तामाङको भनाइ छ । साउन २३ गते वर्षासँगै आएको पहिरोले पुरिएर पैरेबेशीका चार जनाको ज्यान गएको थियो भने एक सय २१ घरधुरी विस्थापित भएका थिए । 

Comments