Listen Live

​२०४१ सालदेखि निरन्तर सभापति
Posted On: Mar 10, 2018
​२०४१ सालदेखि निरन्तर सभापति

रसुवा, फागुन २६ – नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाको २७ औँ जिल्ला अधिबेसन सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिबेसनले बाबुलाल तामाङलाई फेरि पनि सभापतिमा निर्विरोध चयन गरेको छ ।

२०४१ सालदेखि जिल्ला शाखाको सभापतिमा निर्विरोध निर्वाचित हुँदै आएका तामाङ यो पटक पनि सभापति बन्न सफल भएका छन् । तामाङ नागरिक समाजका अध्यक्ष समेत रहेका छन् । 
तामाङको बिरुद्धमा अर्को उम्मेदवारी नपरेपछि निर्वाचन समितिले उनलाई सभापति घोषणा गरेको हो । तामाङको नेतृत्वमा १३ सदस्सीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको छ ।

शाखाको उपसभापतिमा निलनाथ आचार्य र भैरबप्रसाद पाण्डे, मन्त्रीमा लामा रिन्जेन घले, उपमन्त्रीमा चुडामणी अधिकारी, कोषाध्यक्षमा दिनेशकुमार तामाङ, र उपकोषाध्यक्षमा देबकी रैला निर्विरोध चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा नुर्पु तामाङ, राजकुमार घले, बलराम घिमिरे, सुनुर्पु तामाङ, छिरिङ ग्याम्जो तामाङ र सोनाम साङ्बो तामाङ चयन भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले जनाएको छ । २०३२ सालमा रसुवामा नेपाल रेडक्रस सोसाइटीको शाखा स्थापना भएको थियो । 

Comments