Listen Live

​सीमा सुरक्षा बैठक सम्पन्न
Posted On: Mar 11, 2018

रसुवा, फागुन २७ – नेपाल चीन सीमामा रहेको रसुवागढी क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन दुबै देशका उच्च सुरक्षा अधिकारी बीच केरुङमा छलफल भएको छ । सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, लागुपदार्थ  ओसार पसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतका सामाग्रीहरुको गैरकानूनी रुपमा ओसार पसार हुन नदिन दुबै पक्षले उच्च सर्तकता अपनाई काम गर्न दुबै पक्ष ले सहमति जनाएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

सिमा क्षेत्रमा नेपाली तथा चीनीयाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सूचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा सुरक्षा कर्मी  परिचालन गर्न दुवै पक्ष सहमत भएको छ । 

चीनीयाँ पक्षबाट यस नाकालाई तेस्रो राष्ट्रको व्यक्ति समेत आवतजावत गर्न मिल्ने गरी नाका सुचारु गर्न घोषणा भई सकेको र केही समयपछि कार्यान्वयनमा आउने जानकारी दिदै दुवै पक्षले केन्द्रीयस्तरमा पहल गरी वान डे पासको समेत ब्यबस्थागर्न पहल गर्ने निर्णय  गर्दै पास वाहक यात्रुलाई भएका कतिपय व्यवहारिक कठिनाईहरु हटाउन सकारात्मक रहेको धारणा चिनियाँ पक्षले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

यसैगरि नेपाली भूमीमा हुन सक्ने चीन विरोधी गतिविधीका सम्वन्धमा चीनियाँ पक्षबाट चासो व्यक्त भएकोमा, नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको र नेपाली भूमीमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिन सूचना संकलनलाई बढी प्रभावकारी बनाई आवश्यक सुरक्षा सर्तकता बढाउने प्रतिवद्धता समेत व्यक्त गरियो ।

Comments