Listen Live

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ रसुवाको अध्यक्षमा लामा निर्विरोध
Posted On: Mar 12, 2018
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ रसुवाको अध्यक्षमा लामा निर्विरोध

रसुवा, फागुन २८ – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रसुवाको अध्यक्षमा दिपक लामा निर्विरोध चयन भएका छन् । सोमबार भएको पहिलो जिल्ला अधिबेसनले लामाको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

समितिको उपाध्यक्षमा सीमा तामाङ, सचिवमा पुर्णिमा स्याङ्बा, कोषाध्यक्षमा सुर्य बहादुर तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रेमकुमारी तामाङ, बबिता थापा मगर र लक्ष्मी थापा मगर चयन भएका छन् । केन्द्रिय पार्सदमा दिपक लामा, सुर्य बहादुर तामाङ र पुर्णिमा स्याङ्बा तथा प्रदेश पार्सदमा कमल तामाङ र पबिना स्याङ्बा चयन भएको बताइएको छ । 

फोनिज रसुवाको अध्यक्ष बनेका लामा रेडियो रसुवाका अध्यक्ष हुन् । 

 

Comments