Listen Live

​रसुवाको तीन वटा स्वास्थ्य संस्था हस्तान्तरण
Posted On: Mar 19, 2018
​रसुवाको तीन वटा स्वास्थ्य संस्था हस्तान्तरण

रसुवा, चैत ५ - करुणा फाउण्डेसनले निर्माण गरेको तीन वटा स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित स्याफ्रु, बृद्धिम र थुमनमा निर्माण गरिएको प्रि फेब्रिकेटेड भवन आइतबार हस्तान्तरण गरिएको हो ।

एक करोड ३८ लाखको लागतमा तीन वटा स्वास्थ्य चौकी निर्माण गरेको संस्थाले जनाएको छ । १० वटा स्वास्थ्य चौकी पुनर्निर्माण र तीन वटा मर्मत गर्नका लागि संस्थाले जिम्मेवारी पाएको थियो । यसअघि धुन्चे र राम्चेको स्वास्थ्य चौकी हस्तान्तरण भइसकेको छ ।

स्वास्थ्य चौकी निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज भएको गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इनफ स्योङ्दनले बताए । जिल्लामा एउटा जिल्ला अस्पताल, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् । 

 

Comments