Listen Live

पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि रसुवा माविलाई
Posted On: Apr 14, 2018
पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि रसुवा माविलाई

 

रसुवा, चैत ३० – रसुवामा सञ्चालन गरिएको ‘अन्तर मावि स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि रसुवा माविले हात पारेको छ । 
जिल्ला खेलकुद विकास समिति रसुवाले सदरमुकाम धुन्चेमा तीन दिनसम्म सञ्चालन गरेको प्रतियोगितामा रसुवा मावि पहिलो, कालिका हिमालय मावि दोस्रो र हाइल्याण्ड आवासीय मावि तेस्रो भएका छन् । 
प्रतियोगितामा जिल्लाका २३ वटा माध्यमिक विद्यालयमध्ये नौ वटा सहभागि भएका थिए । 
खेलमा रसुवा मावि, हाइल्याण्ड आवासिय मावि, पार्वतीकुण्ड मावि, कोमिन स्यामेवाङ्फेल मावि, नमुना एभरग्रिन बोर्डिङ स्कुल, कालिका हिमालय मावि, हाकु मावि र भूमेदेवी माविले सहभागिता जनाएका हुन् । 
प्रतियोगितामा भलिबल, कबड्दी, तेक्वान्दो र एथ्लेक्टिस खेल समावेश गरिएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १५ हजार, दित्तिय हुने विद्यालयलाई १२ हजार र तेस्रो हुने विद्यालयलाई नौँ हजार नगद दिने समितिका अध्यक्ष तेम्वा सिङ्गी तितुङल बताउनुभयो । 

Comments