Listen Live

रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु
Posted On: Apr 16, 2018
रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु

रसुवा, बैसाख ३ – २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा रसुवाको सदरमुकाम धुन्चेमा नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । 

खेलकुदको माध्यमबाट संरक्षणमा सहयोग पु¥याउनका लागि जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । 

खेलमा १४ टिमको सहभागिता रहेको छ । खेल लिग चरणको आधारमा खेलाइएको हो । आयोजकका अनुसार सक्षम समाज नेपाल, रसीभूमे युवा समाज, गोसाइँकुण्ड भार्खु समाज, नौकुण्ड गाउँपालिका, हाकु युवा सोसाइटी, ज्याङलाङ युवा क्लव, भिमेथान युवा समाज, उत्तरगया, आरुखर्क, गुम्बोडाँडा, धुन्चे, जुनतारा युवा सोसाइटी रहेका छन् । 

प्रतियोगितामा पहिलो हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुने २० र सान्तवना हुनेलाई १० हजार पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता ७ गतेसम्म सञ्चालन हुने छ । 
वन्यजन्तु सप्ताहको अवसरमा जिल्लामा संरक्षणका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेको छ । 

Comments