Listen Live

​नवौँ रेडपाण्डा ट्रफी भलिबलको उपाधि सक्षम समाज नेपाललाई
Posted On: Apr 21, 2018
​नवौँ रेडपाण्डा ट्रफी भलिबलको उपाधि सक्षम समाज नेपाललाई

रसुवा, बैसाख ७ – २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालन गरिएको नवौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिताको उपाधि सक्षम समाज नेपालले जितेको छ । प्रतियोगितामा जुनतारा युवा सोसाइटी दोस्रो भएको छ । 

खेलकुदको माध्यमबाट संरक्षणमा सहयोग पु¥याउनका लागि जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । लिग चरणको आधारमा खेलाइएको खेलमा १४ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा सक्षम समाज नेपाल, रस्सी भूमि युवा समाज, गोसाइँकुण्ड भार्खु समाज, नौकुण्ड गाउँपालिका, हाकु युवा सोसाइटी, ज्याङलाङ युवा क्लव, भिमेथान युवा समाज, उत्तरगया, आरुखर्क युवा समाज, गुम्बोडाँडा युवा समाज नेपाल, धुन्चे युवा सोसाइटी, जुनतारा युवा सोसाइटी सहभागि भएका थिए । 

प्रतियोगितामा पहिलो हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुने २० र सान्तवना हुनेलाई १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता बैसाख ३ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो । 

Comments