Listen Live

चिलिमेलाई स्यार खोलाको अनुमतिपत्र
Posted On: Apr 24, 2018

रसुवा, बैसाख ११ - चिलिमे जलविद्युत कम्पनीले ६० मेगावाटको स्यार खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखाको स्यार खोलामा पहिचान भएको यो आयोजना निर्माण गर्न अध्ययन अनुमतिपत्र लिएको हो ।

कम्पनीले आयोजनाको अनुमतिका लागि ५ महिना अघि विद्युत विकास विभागमा आवेदन दिएको थियो । २ वर्षभित्र आयोजनाको सम्भाव्यता अध्ययन पूरा हुने कम्पनीका कार्यकारी प्रमुख दामोदरभक्त श्रेष्ठले बताए । अध्ययनपछि लगानी जोहो गरेर निर्माण सुरु गर्ने पनि उनले बताए ।

निर्माण सुरु भएको ३ वर्षभित्र आयोजना पूरा हुने कम्पनीले जनाएको छ । यसअघि अनुमतिपत्र लिएका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदीको अध्ययन सुरु भएको छ । हाल निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना पूरा भएपछि वार्षिक डेढ अर्ब रुपैयाँ लगानी गर्न सकिने कम्पनीको दाबी छ ।

१ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटका साञ्जेनका आयोजना सन् २०१९ भित्र सम्पन्न हुँदैछन् ।

 

Comments