Listen Live

वृहत स्वास्थ्य शिविरमा १ सय २२ जनाले सेवा लिए
Posted On: Nov 13, 2016


रसुवा, कार्तिक २७ – रसुवाको जिवजिवेमा सञ्चालन गरिएको वृहत स्वास्थ्य शिविरबाट १ सय २२ जना विरामीले सेवा लिएका छन् । 


मनमोहन मेमोरियल कलेज र टिचिङ हस्पीटल प्राली स्वयम्वुको प्राविधिक सहयोगमा जिल्ला कृषि सहकारी संघ रसुवाको आयोजना शिविर सञ्चालन गरेको हो । 


वरिष्ठ सर्जन डक्टर राम कुमार श्रेष्ठले विरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । शिविरमा जनरल सर्जरी, जनरल मेडिसिन, स्त्री तथा प्रसुती सेवा, हाडजोर्नी तथा नशा सेवा र चर्म तथा यौन रोग लगायतका सेवा उपलव्ध गराइएको थियो । 


गाँउ वस्तीमा रहेका जनतालाई निशुल्क स्वास्थ्य शिविरबाट टेवा पु¥याउनका लागि शिविर सञ्चालन गरिएको अध्यक्ष टिका प्रसाद देवकोटाले वताउनुभयो । 

Comments