Listen Live

​लोक बाजा सारङगीको जगेर्ना गर्न नेपाल गन्धर्व सुधार संघ रसुवामा
Posted On: May 09, 2018
​लोक बाजा सारङगीको जगेर्ना गर्न नेपाल गन्धर्व सुधार संघ रसुवामा

रसुवा, बैशाख  २६  - समय क्रमसंगै लोप हुँदै गइरहेको गन्धर्व समुदायको पेशा र संस्कृतिको जगेर्ना गर्न नेपाल गन्धर्व सुधार संघको टोलि रसुवा आईपुगेको छ । 

बाजा सारङगीको नारा लिएर देशव्यापि अभियानमा रहेका नेपाल गन्धर्व सुधार संघका दुई सदस्यीय टोलि रसुवा आईपुगेको हो ।  पूर्व मेचिदेखि पश्चिम महाकालिसम्म लोक बाजा सारङगीको महत्व बुझाउन भ्रमण गर्ने अभियान अन्तर्गत पहिलो पटक रसुवा आएको नेपाल गन्धर्व सुधार संघका सदस्य हेमराज गन्धर्वले बताए । 

उनले भने गन्धर्व समुदायको परम्परागत पेशा पछिल्लो समयमा भएको सूचना र प्रविधिको विकाससंगै लोप हुन थालेको हुदाँ हाम्रो संस्कृति संरक्षण गर्नका लागि देशभर यसको महत्वको बारेमा जानकारी गराउन अभियान स्वरुप हिडेका छौँ  ।

टोलिले जिल्लामा रहेका बिद्यालय, संघसस्था, सामुदायिक बन, सुरक्षा निकाय लगायतका संस्थानमा गई लोक बाजा सारङगीको महत्व बारे जानाकारी गराउने नेपाल गन्धर्व सुधार संघका सदस्य हेमराज गन्धर्वले बताए ।

उनले भने लोक बाजा सारङगी के हो नै थाहा छैन् यसको सारङगी बजाएर महत्व बुझाउनका लागि अझै तिन दिन जिल्लामा हुन्छौँ,
परम्परागत बाजाहरूको संरक्षणमा जुटेको अभियान टोली देशका ५२ जिल्ला घुमिसकेपछि रसुवा आइपुगेको बताइएको छ । सारङ्गी बजाउँदै र परम्परागत बाजाको बारेमा जानकारी दिँदै जाने क्रममा कतिपय ठाउँका स्थानीय बासिन्दाले प्रत्यक्ष रुपमा सारंगी नदेखेको पाइएको गन्धर्वले बताए । 

उनले भने धेरै ठाउँमा पुगेम्, तर सारङगीको महत्व नबुझेको पाएम् । 

Comments