Listen Live

​इन्भेष्टमेन्ट बैकद्धारा रसुवामा एक्टेन्सन काउटर स्थापना
Posted On: May 11, 2018
​इन्भेष्टमेन्ट बैकद्धारा रसुवामा एक्टेन्सन काउटर स्थापना

रसुवा,  बैशाख २८ - नेपाल इन्भेष्टमेन्ट बैक लि.ले रसुवामा एक्टेन्सन काउन्टर स्थापना गरेको छ । देशको १३ औ काउन्टरको रुपमा सदरमुकाम धुन्चेमा एक्टेन्सन काउन्टर स्थापना गरिएको हो ।

काउन्टरको आज एक कार्यक्रमका बिच गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पू तामाङले उदघाटन गर्नुभएको छ । ३ जना कर्मचारीबाट बैकमा बिहान साढे ९ बजेदेखि बेलुकि ५ बजेसम्म सेवा प्रदान गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेले रसुवाका प्रमुख बिष्णु रानाले बताए । 

यस्तै बैकले २०७२ भदौ ७ गते देशको ४७ औ शाखाको रुपमा टिमुरे शाखा स्थापना गरेको थियो । टिमुरेबाट हाल दैनिक करिब २० लाखको कारोबार हुने गरेको बताइएको छ ।  निजि क्षेत्रमा सर्वाधिक चुक्ता पुँजि १० अर्ब ६४ करोड रहेको बैकको हाल निक्षेप १ खर्ब ३१ अर्ब रहेको बताइएको छ ।

त्यस्तै १० अर्ब भन्दा बढी संचित कोष रहेको बैकले १ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेको नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेले रसुवाका प्रमुख बिष्णु रानाले बताए । बैकले दि बंैकर, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इयर उपाधि ५ पटकसम्म प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको बताइएको छ  ।

नेपाल इन्भेष्टमेन्ट बैक लि.ले रसुवामा एक्टेन्सन काउन्टर स्थापना गरेसँगै धुन्चेमा बैकको संख्या भने ६ वटा पुगेको छ । जिल्ला भरि बैकको संख्या भने अहिले १९ वटा रहेको छ । 

Comments