Listen Live

अनेरास्ववियूको अध्यक्ष बन्न बरालको दौडधुप
Posted On: May 11, 2018
अनेरास्ववियूको अध्यक्ष बन्न बरालको दौडधुप

रसुवा, २८ बैशाख
नेकपा एमाले सम्बद्ध विद्यार्र्थी संगठन अनेरास्ववियूको अध्यक्ष बन्नका लागि दौडधुप सुरु भएको छ । पार्टीको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने बताएपछि अध्यक्षका लागि दौडधुप सुरु भएको हो । उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल, शैलेस लामा  र महासचिब ऐन महर पनि अध्यक्षको दाबेदारका रुपमा देखिएका छन् । उनीहरु सबै पार्टीभित्र संस्थापन पक्षकै हुन्  । उनीहरु सबै अध्यक्ष बन्नका लागि नेताहरुसँगको भेटघाटमा दौडधुप गरिरहेको स्रोतले बताएको छ ।  

अनेरास्ववियूमा यसअघि पनि महिलाले नै नेतृत्व गरेको हुदाँ अबको नेतृत्व आफुले पाउनुपर्ने सुनिता बरालले बताएकि छिन् । पार्टीले सहमतिमा नेतृत्व चयन गर्ने बताएपछि बराल पनि आफुले अध्यक्ष पाउनुपर्ने दाबि गर्दै आएकि छिन् । उनले भनिन् विद्यार्थीहरुले स्वीकार गर्ने नेतृत्व नै आजको आवश्यकता हो, नेतृत्वको लागि दावि गरिरहनु भएका जम्मै साथीहरु पुरुष हुनुहुन्छ, म एउटा महिला हुँ, महिलाहरुले पनि केहि गर्न सक्छन्,  यसअघि म पनि खुल्ला उपाध्यक्षमा विजयी हासिल गरेर आएकी हुँ, अब अध्यक्षको दाबेदार छु,

बरालले आगामी अनेरास्ववियुको नेतृत्व आफुले लिनेमा कुनै दुईमत नभएको तर्क समेत गरेकी छिन् ।नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । अनेरास्ववियूको महाधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् । लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो लबिङ बढाएका छन्  । प्रतिस्पर्धीहरु धेरै भएकाले केन्द्रीय कमिटीको बहुमतबाट नयाँ अध्यक्ष चयन हुने अनेरास्ववियूका नेताहरुले बताएका छन् । 

Comments