Listen Live

रसुवागढी नाका जोड्ने सडकमा सुख्खा पहिरो
Posted On: May 13, 2018

रसुवा, वैशाख ३० – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा सुख्खा पहिरो गएको छ ।

रसुवागढी नाका जोड्ने धुन्चे स्याफ्रुबेँशी टिमुरे सडकखण्ड अन्तर्गत स्याफ्रुबेँशीमा सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोको कारण आइतबार दिउँसोदेखि सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो । 

सडक खुलाउनका लागि स्काभेटर ल्याएर काम सुरु भएको छ । सडक खुलाउन ढिलोमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। 

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

Comments