Listen Live

​गाउँ शिक्षा समितिले पूर्णता पायो
Posted On: May 14, 2018

रसुवा, बैसाख ३१ – नौकुण्ड गाउँपालिकाको गाउँ शिक्षा समितिले पूर्णता पाएको छ । गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति निर्माण गरिएको हो । 

समितिको सदस्यहरुमा गाउँपालिकाका उपाध्यक्ष सृजना लामा, वडाध्यक्षबाट धर्म बहादुर थोक्रा, प्रमुख प्रशासकिय अधिकृत हरिहर कार्की, विद्यालयका प्रधानाध्यापकमध्येबाट दिल बहादुर धिताल, विद्यालय व्यवस्थापन समितिमध्येबाट ल्वाङ नुर्पु तामाङ, शिक्षक महासंघका रामशरण न्यौपाने, शिक्षाप्रेमी तथा समाजसेवीमध्येबाट मोचनाथ न्यौपाने चयन भएका छन् । 

समितिको सदस्य सचिवमा स्रोतव्यक्ति वेगराज थापा रहनुभएको छ । बैसाख २७ गते सञ्चालन भएको कार्यक्रममा गाउँकार्यपालिकाका पदाधिकारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लब, शिक्षक महासंघबाट सहभागिता जनाएका थिए । 

Comments