Listen Live

​नौकुण्ड गाउँपालिकामा सञ्चालन गरिएका आयोजनाको अनुगमन
Posted On: May 14, 2018

रसुवा, बैसाख ३१ – नौकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालन गरिएका आयोजनाहरुको स्थल रुपमा अनुगमन तथा निरिक्षण गर्ने कार्यलाई तिब्रता दिइएको छ । 
गाउँपालिकाका उपाध्यक्ष सृजना लामाको संयोजकत्वमा पाँच सदस्सीय टोलीले गाउँपालिकाको ६ वटै वडामा अनुगमन गरिरहेको छ ।

अनुगमनको क्रममा सोमबार नौकुण्ड गाउँपालिका–४ सरमथलीमा सञ्चालन गरिएका आयोजनाहरुको अनुगमन गरिएको छ । नौकुण्ड गाउँपालिकाको ८० प्रतिशत वजेट खर्च भएको छ । गाउँपालिकाहरुले सडक, विद्युत र खानेपानी निर्माणमा पहिलो प्राथमिकता दिएको छ । 

Comments