Listen Live

​स्थानीय तह र विद्यालयलाई कम्प्युटर हस्तान्तरण
Posted On: May 15, 2018
​स्थानीय तह र विद्यालयलाई कम्प्युटर हस्तान्तरण

रसुवा, जेठ १ – रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले जिल्लाको स्थानीय तह र विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने जिल्लाको चार वटा गाउँपालिका, पाँच वटा वडा कार्यालय र १७ वटा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । 

कोरिया इनर्जीले उपलब्ध गराएको ९८ वटा कम्प्युटर आज वितरण गरिएको आयोजनाका साइड इन्चार्ज सुमन भट्टले जानकारी दिनुभयो । आयोजना निर्माण गर्ने नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले कम्प्युटर वितरण गर्नुभयो । 

हाकु, राम्चे र धुन्चेमा सञ्चालित प्रति विद्यालय दुई वटादेखि १६ वटासम्म कम्प्युटर प्रदान गरिएको आयोजनाले जनाएको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको आयोजनाको क्षमता २१६ मेगावट रहेको छ । 

Comments