Listen Live

​तीन सिटे शौचालय निर्माण
Posted On: Aug 10, 2018

रसुवा, साउन २५ – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ नागुङमा रहेको जनज्योती प्राथमिक विद्यालयमा तीन सिटे शौचालय निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले शौचालय निर्माण गरेको शौचालय बिहिबार हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत निर्माण भएको तीन सिटे शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको सेनाले जानकारी दिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ्ग साङ्गवो तामाङ्ग, विद्यालयका प्रधानाध्यापक लाल काजी तामाङ, शिक्षक शिक्षिका, विद्यालयमा अध्ययनरत बालवालिका, स्थानीय व्यक्तिहरु र कालीजंग गणका गणपति शितल वानिया क्षेत्री, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

शौचालय निर्माण भएपश्चात विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ ।

Comments