Listen Live

चिलिमे जलविद्युत् कम्पनीको नाफा ९३ करोड
Posted On: Aug 12, 2018

रसुवा, साउन २७ - चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७४र७५ मा ९३ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । यो जलविद्युत् आयोजनाले कामाएको यस्तो नाफा अघिल्लो आवमा ९३ करोड ७१ लाख २२ हजार रुपैयाँ थियो ।

यो जलविद्युत कम्पनीको शेयर क्यापिटल ३ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ रहेको छ । यसले संचित कोषमा ४ अर्ब ९८ करोड रुपैयाँ राखेको छ । १ करोड ५२ लाख रुपैयाँ लगानी गरेको यो जलविद्युत कम्पनीले बिजुली बिक्रीबाट मात्रै १ अर्ब १३ करोड रुपैयाँ गत आवमा कमाएको छ ।

९० करोड ७६ लाख ४६ हजार रुपैयाँ सञ्चालन मुनाफा रहको यो जलविद्युत् कम्पनीको करपछिको नाफा नै उक्त ९३ करोड रुपैयाँ देखिएको कम्नीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यसको प्रतिशेयर आम्दानी २३.६८ रुपैयाँ रहेको छ । पीई रेसियो ३३.३७ प्रतिशत रहेको यो जलविद्युतको प्रति शेयर नेटवर्थ २२५.६७ रुपैयाँ छ भने प्रति शेयर कुल सम्पतीको मूल्य २३१.४९ प्रतिशत रहेको छ ।

Comments