Listen Live

विकास निर्माणको बाधक राजनीतिक दलगत दृष्टिकोण र उपभोक्ता समितिमा अपनत्वको अभाव हो ।
Posted On: Sep 01, 2018
विकास निर्माणको बाधक राजनीतिक दलगत दृष्टिकोण र उपभोक्ता समितिमा अपनत्वको अभाव हो ।

आमा निमा तामाङ र बाबु निमा छेदेन तामाङकी माईली सुपुत्री नवीना तामाङ वि.सं. २०४७ असार ३ गते आमाछोदिङ्मो गाउँपालिका २ ग्रेगाउँमा जन्मिएकी हुन् । वि.एड.सम्म अध्ययन गरेकी उनी वि.सं.२०६८ देखि ५ वर्षसम्म श्री ग्रे आधाभूत विद्यालयमा शिक्षिका भई कार्यरत थिइन । वि.सं. २०७२ सालमा मानेकोर सोसाईटी नेपाल रसुवामा रही सामाजिक क्षेत्रमा समेत काम गरेकी उनी हाल आमाछोदिङमो गाउँपालिकाको उपाध्यक्ष छिन् । उनै तामाङसँग गाउँपालिकाको बारेमा रेडियो रसुवाको कार्यक्रम रसुवा बहसमा गरिएको कुराकानी ः  
 
१. आर्थिक वर्ष २०७५÷७६ को गाउँ सभाले कुन कुन विकासलाई प्रथामिकता दिई बजेट विनियोजन गरिएको छ ? 
सडक नपुगेका कारण हाम्रो गाउँपालिका दूगर्म गाउँपालिका हो । विकासको पहिलो मेरुदण्ड नै सडक हो तर पनि हाम्रो आमाछोदिङमो गाउँपालिका केही स्थानमा सडक नै छैन । तसर्थ यस आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हामीले सडक निर्माणलाई अलि बढी प्रथामिकता दिएका छौँ । हाकु, ग्रे गाउँमा हालसम्म पनि सडक नपुगेको अवस्था छ । त्यसैले हामीले यस वर्षमा सडकलाई पहिलो प्रथामिकता दिएका छौँ । त्यस पछि आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने खालका योजनाहरु, शैक्षिक विकास,  स्थानीय श्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने, पर्यटन विकास, दीगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पु¥याउने, स्थान विशेषको संस्कृति र पहिचान प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरुलाई बढी प्रथामिकता दिई बजेट पारित गरिएको छ । 
 
२. गाउँपालिकामा उपाध्यक्षलाई महत्वपूर्ण निर्णय गर्ने अधिकार नभएको जस्तो देखिएको छ,  तपाईहरूको गाउँपालिकामा अभ्यास कस्तो छ ? 
मलाई त के लाग्छ भने प्रमुखलाई भन्दा पनि गाउँपालिकामा उपाध्यक्षलाई बढी अधिकार दिएको जस्तो लग्छ । स्थानीय तह सञ्चालन ऐन अनुसार उपाध्यक्षलाई नै बढी निर्णाय गर्ने अधिकार दिएको छ । बजेट बाँडफाँट, बजेटको सीमा निर्धारण गर्नेदेखि लिएर योजनाको प्रभावकारी कार्यान्वयनका अनुगम निरीक्षण, न्याय सम्पादन गर्ने अधिकार त उपाध्यक्ष कै छ । महत्वपूर्ण निर्णय प्रक्रियामा उपाध्यक्षको संलग्नताको विषय आवश्यकताले निर्धारण हुने चै रै छ । हामीहरुको अभ्यास सहअस्तित्वमूलक हुने चरण मै रहेको छ ।  
 
३. जनप्रतिनिधि भईसकेपछि तपाईले कस्तो अनुभव गरिरहनु भइरहेको छ ? 
अब म एउटा घरकी छोरी मात्र नभई पुरै गाउँपालिकाको छोरी भएकी छु । मेरो गाउँपालिकामा बासोबास गर्ने सबै नागारिकको समस्यालाई समाधान गर्ने जिम्मा मेरो हो जस्तो लाग्छ मलाई र साथै जनताको लागि घरदैलो गर्दै जनताको दुःख मर्का समस्या प्रत्यक्ष रुपमा बुझ्ने र समस्यालाई समाधान गर्न पाउने, जनतालाई सेवा गर्न पाउने भएकोले म निकै खुसी छु । जनताप्रति उत्तरदायी, जवाफदेयी, दायित्व र जिम्मेवारी बोध गरेको छु । 
 
४. गाउँपालिका उपाध्यक्षले हेर्ने आठ जिम्मेवारी मध्ये न्याय सम्पादन एक हो । हालसम्म के, कति न्याय सम्पादन गर्नु भएको छ ?
गाउँपालिका उपाध्यक्षलाई न्याय सम्पादनको जिम्मेवारी त प्रदान गरेको छ । हामी जनप्रतिनिधि भए पनि कानुनको विद्यार्थी त होइन । कस्तो मुद्दा मिलाउन पाउने, कस्तो मुद्दालाई फैसला गर्न पाउने भन्ने जानकारी नै थिएन । तर पछि न्यायिक समितिहरुबाट न्याय सम्पादनका तालिमहरु पाइसकेपछि न्याय सम्पादनको जानकारी पाइयो । अहिले गाउँपालिकामा आउने जनताका समस्याहरुलाई वडा स्तरमा रहेका सामुदायिक मेलमिलाप सहजकर्ता र हामी बसेर मिलाउने कामहरु भइरहेको छ । अलि गम्भिर खालका समस्याहरूलाई जिल्ला प्रहरी र अदालतसम्म सिफारिस गर्ने गरिएको छ । 
 
५. तपाईले गाउँपालिकामा न्याय सम्पादन गरिरहदा कस्ता प्रकृतिको मुद्दाहरु बढी आइरहेका छन् ? 
मैले न्याय सम्पादनको काम हेरिरहदा पाँच छ वटा समस्याहरु दर्ता भएको छ । त्यसलाई दर्ता गरी राख्छौँ । हामीले मिलाउन सक्ने समस्या छ भने त्यसलाई मिलाएरै पठाइएको छ । गाउँपालिकामा केश दर्ता गर्न आउने भनेको बढी जस्तो सम्बन्ध विच्छेदको मुद्दा नै हो । तर हामीले कुनै पनि श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद गर्दैनौँ । बरू तिनीहरुलाई सम्झाई बुझाई गरी सहजकर्ताको भूमिका निवाह गरेर पठाएको छौँ । मुद्दा दर्ता गरेको श्रीमान श्रीमतीहरु अहिले सँगै मिलेर बसेको अनुभवहरू पनि छ । हामीसँग त्यसपछि आर्थिक कारोवारमा विवाद र जग्गा विवादका मुद्दाहरु आइरहेका छन् तर त्यसलाई त हामीले मिलाएर पठाएका छौँ । 
 
६. गाउँपालिका उपाध्यक्षको मुख्य काम भनेको नीति तथा कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने हो । योजनाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र निरीक्षण गर्दा विकासमा के कस्ता तत्व बाधक रहेको पाउनु भएको छ ?
गाउँपालिका उपाध्यक्षलाई नीति तथा कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी दिएको छ । योजनाको प्रभावकारी कार्यान्वयनमा अनुगमन तथा निरीक्षण गर्दा हामीलाई पहिलो चुनौती भनेको प्राविधिक ज्ञान नै हो । प्राविधिक ज्ञानको न्यूनता हँुदा प्राविधिकले बनाएको विललाई नै विश्वास गर्नु पर्ने बाध्यता छ । उपभोक्ताहरुको समावेशी समानुपातिक सहभागिता, योजना स्थालमा योजनाको विस्तृत जानकारी, सूचना बोर्ड राख्ने, सामाजिक लेखापरीक्षण पनि समस्याको रुपमा रहेको छ  अधिकांश उपभोक्ता समितिले योजना स्थालमा योजनाको विस्तृत जानकारी सूचना बोर्ड राखेको पाईएन् । अनुगमन तथा निरीक्षण गर्दा विकासको बाधकमा राजनीतिक दलगत दृष्टिकोण एवं उपभोक्ता समितिमा योजनाको अपनत्वको अभाव पाइएको छ । तर हामीले कसको पार्टीको उपभोक्ता समितिमार्फत योजना निर्माण भइरहेको छ भनी हेर्दैनौँ । सो योजना प्रभावकारी कार्यान्वयन बनाउन ईटिमेट अनुसारको छ कि छैन । गुणस्तर छ कि छैन । समावेशी समानुपातिक सहभागिता अनुरुप समिति बनेको छ कि छैन । होडिङ बोर्ड राखेको छ कि छैन । सामाजिक लेखापरीक्षण गरी पारदर्शी भएको छ कि छैन भनी हेर्ने गरिएको छ । 
 
७. योजना प्रभावकारी कार्यान्वयन गर्दा योजना पारदर्शी बनाउन के गर्नु भएको छ ? 
पहिलो वर्ष अलि अन्योल अन्योल मै बित्यो ।  योजनाहरु परदार्शी गर्न सर्वजानिक सुनुवाई, मिडियाहरूसँग सहकार्य गरी जनतालाई सूचना दिने काम हामीबाट नभए कै हो । तर यस पटकको गाउँसभाबाट पारित योजनाहरु सप्तकुण्ड साप्ताहिक पत्रिकामा प्रकाशन गरेका छौँ । अबदेखि हामी साप्ताहिक रूपमा स्थानीय मिडियासँग सहकार्य गरी गाउँपालिकाको गतिविधि, सूचना सन्देश प्रकाशन, प्रशारण गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने योजनामा छौँ । यसका अलवा वडा वडामा गई सर्वजानिक सुनुवाई गरी कार्यक्रम, योजनालाई परदार्शी बनाउने योजना छ । 
 
८.समकालनीन समाजको संरचना महिलाका लागि कति बाहिर निस्केर काम गर्न सहज छ ? 
नेपाली समाजमा अझै पनि महिलाहरू बाहिर खुलेर हिड्न, काम गर्न सकिरहेको छैन तर अन्य जाति र अन्य जिल्लाको तुलनामा रसुवाका आदिवासी जनजाति महिलाहरू अलि अधिकार सम्पन्न र खुल्ला वातावरण रहेको अनुभूति गरिरहेको छु । यसमा म एउटा तामाङकी छोरी पहिलेदेखि नै घरमा मलाई बोल्न, हिड्न रोकतोक थिएन । त्यसको परिणम स्वरुप सफलता प्राप्त गर्न सकेको अनुभूति मलाई भईरहेको छ । सबै अभिभावकले आफ्नी छोरीलाई समाजसँग समयमा नै सहकार्य गर्ने अवसर दिनु पर्छ ता कि समाज त्यसबेला मात्र महिलामुखी हुन्छ । तर समाजको यो संरचना धेरै बदल्न आवश्यक छ । यहाँ महिलाको लागि अझै असहजता कायमै छ ।   
 
९. आ.व. ०७५÷७६ को लागि यहाँहरूको गाउँपालिकाले महिला विकास कार्यक्रम भनेर बाह्र लाख र महिला तथा बालबालिका भनेर आठ लाख वजेट विनियोजन गरिएको पाईयो । एउटै शीर्षकका लागि दुई वटा बजेट किन विनियोजना गरिएको हो ? 
यस वर्ष हामीले एउटा मात्र शीर्षकमा रकम विनियोजन नगरी दुई वटा शीर्षकमा रकम विनियोजन गर्नुको अर्थ गत वर्ष हामीले महिला विकास कार्यक्रममा दशलाख मात्र रकम विनियोजन गरेका थियौँ । तर सो रकमले महिला विकासका गतिविधि, तालिम कार्यक्रमहरू सञ्चालन गर्न रकम अपुग भएको हुँदा समान उद्देश्य राखेर केही फरक गतिविधि गर्ने गरी दुई शीर्षकमा रकम विनियोजन गरिएको हो । यसले महिला विकासमा अपेक्षित उपलब्धि हासिल गर्न सहयोग गर्ने आशा गरिएको छ । 
 
१०. गत्लाङमा भूकम्प अगाडि तामाङको कला, परम्परा, संस्कृति अवलोकन र अध्ययन गर्न निकै अन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने गथ्र्यो । तर भुकम्पपछि गत्लाङको पुरानो शैली मेटिदै गएको छ, पुरानौ शैलीमा फर्काउन गाउँपालिकको कुनै भूमिका नै देखिएन किन हो ? 
आर्थिक वर्ष ०७५÷७६ को लागि यहाँको गाउँपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रम भनेर रू. ५० लाख छुटाएका छाँै । पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत गत्लाङवासीले पुरानो शैलीमा छानोछाई होमस्टे सञ्चालन गरेमा गाउँपालिकाले प्रोत्साहन स्वरुपमा सहयोग गर्नेछ । पुरानो शैलीमा घर बनाउने घरधुरीलाई गाउँपालिकाले प्रोत्साहन स्वरुपमा सहयोग गर्दै गत्लाङलाई कालो गाउँका रूपमा परिचित गराउनेतर्फ हाम्रो पूर्ण प्रयास रहन्छ । तर त्यसको लागि सामुदायको सोच र सहभागिता अपरिहार्य हुन्छ । 
 
११. गाउँपालिकाले यो आर्थिक वर्ष ०७५÷७६ भित्रमा कति रकम खर्च गरेर कहाँ कहाँ सडक निर्माण गर्दैछ ? 
यो आर्थिक वर्ष ०७५÷७६ भित्रमा गाउँपालिकाले हाकुवेशी–पाङलिङ–ठूलोहाकु सडक निर्माण ४५ लाख, ग्रे देखि नेसिङ सडक निर्माण ३० लाख, ग्रेगाउँदेखि छोकल जोड्ने सडक निर्माण १० लाख,  गोदामदेखि बाहुनडाँडासम्म सडक ग्राबेल २० लाख, भार्खु खोलादेखि पार्वतीकुण्डसम्म सडक स्तारोन्नती १६ लाख, चिलिमे गोङगाङ कृषि सडक निर्माण ८ लाख, चिलिमे पाजुङ जम्बला कृषि सडक निर्माण ६ लाख गरी जम्म एक करोड ३५ लाख  विनियोजना गरिएछ । आशा छ यो सडक सञ्जालको निर्माणपछि यहाँको स्वरुपमा परिवर्तन हुन्छ र सुविधाको उपभोग गर्न सहजता हुन्छ .
१२. भकम्प गएको ३ वर्ष पुगेको छ । भुकम्पबाट क्षती भएको आमाछोदिङमो गाउँपालिकाको जनताको नीजि आवास पुनर्निर्माणको अवस्था कस्तो छ ? 
आमाछोदिङमो गाउँपालिकाको वडा नं. १ मा भने भूगर्वविद्ले बस्ती विस्तार गर्न अयोग्य भनिएको स्थानहरुमा मात्र नीजि आभास पुनर्निर्माण गर्न कठिन भइरहेको छ । भूगर्वविद्ले बस्ती स्थान्तरण गर्नु पर्ने बस्तीहरुमा चै खासै घर बनाउने काम भईरहेको छैन । सोही बस्तीका जनताहरुको भुकम्पमा क्षती भएका घरधुरी लाभग्राही सुचीमा समेत छुटेका थिए । पछि मात्र उनीहरुको घरधुरी लाभाग्राही सुचीमा नाम दर्ता भएको छ । अझै पनि सुरक्षित बस्ती खोजी गर्ने काम भईरहेको छ । यस बाहेक अन्य वडाहरुमा भुकम्पबाट क्षती भएको आमाछोदिङमो गाउँपालिकाको जनताको नीजि आवास पुनर्निर्माणको अवस्था सन्तोषजनक नै छ । प्रतिशतको आधारमा भन्ने हो भने ९४÷९५ प्रतिशत जति घर निर्माण भइसकेको छ ।  
 

Comments