Listen Live

​भूकम्प गएको १९ महिना बित्दासमेत लाङटाङमा पाइएन स्वास्थ्य सेवा
Posted On: Dec 02, 2016


रसुवा, मंसिर १७ – भूकम्प गएकोे १९ महिना बित्दासमेत रसुवाको लाङटाङमा स्वास्थ्य सेवा सुरु नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । भूकम्पले भत्किएको स्वास्थ्य चौकी करूणा फाउण्डेसनले निर्माण गर्ने भनिए पनि अहिलेसम्म काम सुरु भएको छैन ।


जिल्ला स्वास्थ्य कार्यालय रसुवाका वरिष्ठ स्वास्थ्य अधिकृत डा. विवेककुमार लालका अनुसार लाङटाङमा स्वास्थ्य चौकी पुनर्निर्माणको काम चैतबाट सुरु हुनेछ । जिल्ला स्वास्थ्य प्रमुख लालले भन्नुभयो, ‘मौसमका कारण चैतभन्दा अगाडी निमार्ण गर्न सकिने अवस्था रहेन, अत्याधिक चिसो हुने र पानी जम्ने कारणले गर्दा चैतपछि मात्र निमार्ण सुरू हुन्छ ।’ 


लाङटाङमा स्वास्थ्यकर्मी बस्न तथा औषधी भण्डारण गर्नका सुरक्षित ठाँउको अभावका कारण स्वास्थ्यकर्मी पठाउन नसकिएको हो । ‘जिल्ला स्वास्थ्य कार्यालयसँग स्वास्थ्यकर्मी पठाउनका लागि स्रोत छैन, त्यसमाथि पनि लाङटाङ गएर बस्ने सुरक्षित ठाउँसमेत नभएपछि पठाउनुको विकल्प रहेन’ लालले भन्नुभयो’ । भूकम्पमा परेर लाङटाङ स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको ज्यान गएको थियो ।

Comments