Listen Live

सिमा नाका रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन गरियो
Posted On: Oct 22, 2018
सिमा नाका रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन गरियो

कार्तिक ५, रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. २ स्थित रसुवागढीमा आज नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ ।

श्री कालीजंग गणले गढीको परम्परागत शैलिलाई यथावत राख्न झण्डा राखिएको हो ।  पुरातत्व बिभागसंग समन्वय गरी गणले गोसाईकुण्ड गाउँपालिका, लामटाङ्ग राष्ट्रिय निकुञ्ज, रसुवा भन्सार कार्यालय र रसुवागढी जलबिद्युत आयोजना संग समन्वय गरी झण्डै एक महिना समय अबधीमा स्तम्भ निर्माण गरि झण्डा प्रतिस्थापन गर्न तयार भएको गणका गणपति शीतल बानियाँ क्षेत्रीले बताउनु भयो ।

निर्माण गरिएको स्तम्भको बायांपट्टि नेपालीमा र दायांपट्टि अंग्रेजीमा रसुवागढीको ईतिहास राखिएको छ भने स्तभमा स्टिलको ५ ईन्चको २८।५ फिट अग्लो खम्बा राखि राष्ट्रिय झण्डालाई रातको समयमा समेत देख्ने गरि प्रकाश दिन २ वटा हेलोजिन लाईट  समेत जडान गरिएको छ ।

एतिहासिक रसुवागढीमा निर्मित स्तम्भमा नेपालको राष्ट्रिय झण्डा र गढीको संक्षिप्त परिचयात्मक ईतिहास उल्लेखित अभिलेख प्रतिस्थापन कार्य श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री सुवर्ण बहादुर शाहज्यूबाट नवनिर्मित स्तम्भ उद्घाटन तथा उक्त स्तम्भमा सोमबार झण्डोत्तलन गर्नुभएको हो । 

करिव रु.५ लाखको लागतमा निर्मित उक्त स्तभ  गोसाईकुण्ड गाउँपालिका, रसुवा भन्सार कार्यालय र रसुवागढी जलबिद्युत आयोजनाको समेत सहयोगमा स्थापना भएको हो ।  

Comments