Listen Live

रसुवाको कालिका गाउँपालिकाको १५ स्थानमा सूचना पाटी
Posted On: Oct 28, 2018

रसुवा, कार्तिक ११ – रसुवाको कालिका गाउँपालिकाले १५ स्थानमा सूचना पाटी राखेको छ । गाउँपालिकाले गर्ने कामको बारेमा जानकारी दिने उद्देश्यले सूचना पाटी राखिएको हो । यसअघि पाँचवटा वडा कार्यालयमा सीमित रहेको सूचना पाटी थप गरिएको उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनुभयो ।

गाउँपालिका, वडा कार्यालय, सामजिक सञ्जाल तथा वेवसाइट मार्फत जानकारी दिने गरिएको भएपनि गाउँका किसानसम्म सूचना पुग्न नसकेको उहाँको भनाइ छ । प्रत्येक वडामा दुई दुईवटा सूचना पाटी थप गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले गरेको कार्यक्रमको बारेमा जानकारी दिनका लागि यही कार्तिक ३० गते जीवजीवेमा रहेको नीलकण्ठ नमुना माविमा सार्वजनिक सुनुवाईको गर्ने बताइएको छ । 

Comments