Listen Live

​गाउँपालिकाको सबै वडामा तरकारी पकेट क्षेत्र घोषणा
Posted On: Oct 28, 2018

रसुवा, कार्तिक ११ – रसुवाको कालिका गाउँपालिकाले सबै वडामा चार चार वटा तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिका भित्र रहेका किसानसँग छलफल गरेर गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । पाँचवटा वडा रहेको यो गाउँपालिकामा काउली, बन्दा र टमाटर पहिलो प्राथमिकतामा परेको छ ।

उत्पादनका हिसाबले क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बताउनु भयो । वडा नम्बर १ मा काउली, बन्दा, टमाटर र मुला, वडा नम्बर २ मा काउली, बन्दा मुला र प्याज, वडा नम्बर ३ मा लसुन, बन्दा काउली र टमाटर, वडा नम्बर ४ मा काउली, अदुुवा, लसुन र टमाटर तथा वडा नम्बर ५ मा बन्दा, काउली, टमाटर र लसुनको पकेट क्षेत्र निर्धारण गरिएको छ ।  
पकेट क्षेत्रका किसानले कृषि औजार तथा बिउ ५० प्रतिशत अनुदानमा पाउने छन् ।

किसानको माग र आवश्यकताका आधारमा कृषि सामग्री उपलब्ध गराइने उपाध्यक्ष न्योपानेले बताउनुभयो । पालिका स्तरीय किसान र जनप्रतिनिधिबीच मासिक बैठक बस्ने पालिकाले जनाएको छ । 
वडामा रहेका कृषि समूह आवद्ध किसान र जनप्रतिनिधिबीच आउँदो महिनादेखि बैठक हुने भएको हो । 

Comments