Listen Live

​मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
Posted On: Oct 29, 2018


रसुवा, कार्तिक १२ – रसुवाको कालिका गाउँपालिका–४ अम्बासमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको नौकुण्ड गाउँपालिका ३ का ४१ वर्षीय कामी तामाङ र १६ वर्षीय प्रकास तामाङ रहेको छन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा परी सार्की लामा तामाङ, जिताराम थोक्रा र आदीप तामाङ घाइते भएका हुन् । घाइतेको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए । आइतबार राति १० बजेको समयमा उक्त दुर्घटना भएको हो । 

Comments