Listen Live

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट
Posted On: Nov 01, 2018
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट

रसुवा, कार्तिक १५ – नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० रसुवाको तीनै तहका कमिटीका पदाधिकारीको नाम छनोट गरिएको छ । पार्टीको जिल्ला कमिटीले दिएको जानकारी अनुसार वडा, गाउँपालिका र जिल्ला सङगठन कमिटीका पदाधिकारी छनोट गरिएको हो । 

जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको सङ्गठन कमिटीको निर्माणको लागि गठन गरिएको कार्यदलका सदस्य जनार्दन ढकालले बताउनुभयो । 

गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको उहाँले बताउनुभयो । ‘तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश कमिटी र केन्द्रीय कमिटीले अनुमोदन गर्न बाँकी छ ।’

तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार÷चार सदस्यीय कार्यदल गठन गरिएको थियो । जिल्ला कमिटी सचिवालय सदस्यमध्येबाट उहाँहरूलाई छनोट गरिएका बताइएको छ ।

जिल्ला कमिटीमा आएको नामावलीको अध्ययन गरेर अनुमोदनका लागि प्रदेश ३ को प्रदेश कमिटीमा सिफारिस गरिने उहाँको भनाई छ ।

Comments