Listen Live

​दुबै तहका कमिटीका पदाधिकारीको नाम अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाइयो
Posted On: Nov 04, 2018
​दुबै तहका कमिटीका पदाधिकारीको नाम अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाइयो

रसुवा, कार्तिक १८ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले दुबै तहका कमिटीका पदाधिकारीको नाम छनोट गरेर अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाएको छ । पार्टी एकीकरणपश्चात वडा र गाउँपालिका सङगठन कमिटीका पदाधिकारी छनोट गरिएको जिल्ला कमिटी रसुवाले जनाएको छ ।

जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको छ । गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली गएको बुधबार जिल्ला कमिटीमा पेस गरिएको थियोे ।

तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार÷चार सदस्सीय कार्यदल गठन गरिएको थियो । जिल्ला कमिटी सचिवालय सदस्यमध्येबाट उहाँहरूलाई छनोट गरिएको बताइएको छ ।

Comments