Listen Live

​जङ्गे ढल्यो : नेपाल चीनबीचको सीमा स्तम्भ खोलामा पुग्यो
Posted On: Nov 06, 2018

रसुवा, कार्तिक २० – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको सीमा स्तम्भ (जङ्गे पिल्लर) खोलामा पुगेको छ । २०७२ बैसाख १२ गते आएको भूकम्पले क्षति पु¥याएको स्तम्भ वर्षाको कारण झरेको ढुङ्गाले लागेर  खोलामा पुगेको हो ।

नेपालतर्फ रहेको ४८ (२) नम्बरको स्तम्भ खोलामा पुगेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाले जनाएको छ । गत साउन २२ गते परेको अविरल वर्षाको कारण आएको पहिरोले स्तम्भ भोटेकोशीमा पु¥याएको हो । रसुवामा चीनसँगको सिमानामा १७ वटा सीमा स्तम्भ राखिएको छ ।

जसमा ११ वटा मुख्य र ६ वटा सहायक रहेका छन् । चीनसँगको सीमा इलाका करिव ६७ किलोमिटर रहेको छ । जिल्लाको रसुवागढी (४८.२), नजल्टा (४८.१), केराबास (४०), महुवा (४१.१), महुवा (४१.२), छहरेखर्क (४२), छहरेखर्क (४३), कालोटुप्पा (४४), नाकडाँडा (४५), भुर्लुन खोला (४६), केरुङ खोला (४७.१), केरुङ खोला (४७.२), छ्यासुम्दो खोला (४९.१), छ्यासुम्दो खोला (४९.२), नजल्टा खर्क (५०.१) र नजल्टा खर्क (५०.२)  मा सीमा स्तम्भ रहेका छन् । 

रसुवागढीमा ढलेको स्तम्भ निर्माणका लागि कुनै पनि निकायले चासो दिएका छैनन् । 

Comments