Listen Live

​लाङटाङ घुम्ने पर्यटकको संख्या दोब्बरले बृद्धि
Posted On: Nov 30, 2018

रसुवा, मंसिर १४ -  लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भ्रमण गर्नेहरुको संख्या गतबर्षको भन्दा दोब्बरले बृद्वि भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार गतवर्ष कार्तिक महिनामा करिब दुई हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेकोमा यस बषर्को कार्तिक महिनामा मात्रै ४ हजार ७ सय ९८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

घुम्नका लागि काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकनसमेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको हो ।
भूकम्पले तहसनहस बनाएको पदमार्गको तथा होटलहरूको पुनर्निर्माण सम्पन्नसंगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन् ।

यस क्षेत्रमा सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन ।

कार्यालयका अनुसार विदेशीलाई तीनहजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, पर्यटकहरूसंगै आउने नेपालीलाई एक सय र भरियालाई २५ रुपैँया शुल्क लाग्ने गरेको छ ।

Comments