Listen Live

​उत्तरगया गाउँपालिकाको दुई स्वास्थ्य चौकिमा प्रयोगशाला स्थापना
Posted On: Nov 30, 2018

रसुवा, १४ मंसिर- रसुवाको उत्तरगया गाउँपालिकाको दुई वटा स्वास्थ्य चौकिमा प्रयोगशाला स्थापना गरिएको छ । गाउँपालिका वडा नम्बर ३ स्थित ठुलोगाउँ स्वास्थ्य चौकि र वडा नम्बर ४ स्थित लहरेपौवा स्वास्थ्य चौकि कर्मिडाडामा प्रयोगशाला स्थापना गरिएको हो ।

उत्तरगया गाउँपालिकाको चालु आर्थिक बर्ष २०७५÷०७६को बार्षिक कार्यक्रम अन्तर्गत  १० लाखको लागतमा दुई वटा स्वास्थ्य चौकिमा प्रयोगशाला स्थापना गरिएको उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तथा सुचना अधिकारी उत्सब पौडेलले बताए । उनले भने यस बर्ष गाउँसभाबाट प्रयोगशाला स्थापना गर्ने निर्णय पारित भएको थियो, निति तथा कार्यक्रममा नै समाबेश गरिएको हुदाँ सोहि अनुसार स्थापना गरेका हौ, 

स्वास्थ्यको पहुँचबाट टाढा रहेका गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्थापना गरिएको प्रयोगशालाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बिहिबार  एक कार्यक्रम गरि ठुलोगाउँ स्वास्थ्य चौकिको प्रयोगशाला उद्घाटन गरे । त्यस्तै वडा नम्बर ४ स्थित लहरेपौवा स्वास्थ्य चौकि कर्मिडाडामा प्रयोगशाला संचालनमा आएपनि उद्घाटन गर्न भने बाकि रहेको सुचना अधिकारी पौडेलले बताए । केहि दिनमा उक्त प्रयोगशालाको उद्घाटन गरिने उनले बताए । 

गाउँपालिकाको समानिकरण बजेटबाट स्थापना गरिएको दुई वटा स्वास्थ्य चौकीको प्रयोगशालामा एक–एक जना ल्याब असिस्टेनको समेत व्यवस्था गरिएको बताइएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि त्रिशुली तथा काठमाण्डौ धाउनुपर्ने उक्त वडाका सर्वसाधारणको बाध्यता अन्त्य भएको छ । सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने अभियान अन्तर्गत सञ्चालन गरिएको प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायतका विभिन्न १० प्रकारको परीक्षण गरिने बताइएको छ । 

१० हजार ८ सय ७२ जनसंख्या रहेको उक्त गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकि भएपनि प्रयोगशालाको अभाब भएको हुदाँ आगामि बर्ष बाकि वडाहरुमा पनि प्रयोगशाला स्थापना गरिने उत्तरगया गाउँपालिकाले जनाएको छ । 

त्यस्तै जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकि, जिल्ला अस्पताल धुन्चे, जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्रमा यसअघि नै प्रयोगशाला संचालनमा आएका छन् । 

Comments