Listen Live

धैबुङ्ग कालिका साना किसान सहकारी १२ लाख ५६ हजार नाफामा
Posted On: Dec 03, 2018

रसुवा, १६ मंसिर
रसुवा धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि।ले यसवर्ष १२ लाख ५६ हजार नाफा आर्जन गरेको छ । ८ सय ५१ घरधुरी समेटेको सहकारीको सातौं साधारण सभाले उक्त जानकारी दिएको हो ।
संस्था अध्यक्ष विष्णु पौडेलले कुल आम्दानी ३९ लाख ४६ हजार रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च २६ लाख ९० हजार रुपैयाँ कटाई २ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेकोले प्रति शेयर ९ प्रतिसतले शेयर लाभांस बितरण गर्ने समेत घोषणा गर्नुभयो । 

‘सवैका लागि एक, एकका लागि’ सवै भन्ने मूल नाराका साथ आर्थिक तथा सामाजिक गतिबिधीलाई सरलीकृत गर्ने , स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन, कृषि क्षेत्रमा लगानी गरी उनीहरूको आयमा बृद्धि गराउने अभिप्रायले २०६८ असोज ४ गते बिधिवत् रुपमा यस सहकारी संस्था लि।को स्थापना भएको हो जानकारी दिनुभयो । उहाँले ग्रामीण तहमा छरिएर रहेको पँुजीलाई संकलन गरी कृषि तथा बिभिन्न ब्यवसायमा लगानी गर्दै आएको कुरा यहाँहरू माझ अवगत नै छ । संस्थाले शेयर सदस्य ज्यूहरूको व्यवसायिक बृद्धि विकास र आर्थिक उन्नतीमा टेवा पु¥याउने छ । आगामी दिनमा पनि बचत तथा ऋण कारोवार तथा अन्य सेवा सुविधामार्फत सदस्यहरूको विकासमा सक्रियतापूर्वक भूमिका निर्बाह गर्ने उहाँले बताउनुभयो ।

गतवर्षको ७ सय ९८ सदस्य रहेकोमा यस वर्ष ८ सय ५१ जना पुगेका छन् भने शेयर पुँजी अघिल्लो वर्ष ४० लाख ८४ हजार ५ सय रुपैयाँ थियो भने यस वर्ष ५० लाख ८५ हजार रुपैयाँ पुगेको छ । कालिका गाउँपालिका वडा नं १ राम्चेलाई पनि कार्यक्षेत्रका रुपमा समेटने र एक घर एक सदस्य अनिवार्य रुपमा सदस्य बनाउने लक्ष्य रहेको जनाईएको छ ।

Comments