Listen Live

​रसुवामा ७० प्रतिशत पुननिर्माण सकियो
Posted On: Dec 05, 2018

रसुवा, १८ मंसिर– रसुवामा ७० प्रतिशत भुकम्पपिडितले निजि आवास निर्माण सम्पन्न गरेका छन् । भुकम्प गएको ४२ महिना पुग्नै लाग्दा जिल्लामा ७० प्रतिशत भुकम्प पिडितले निजि आवास निर्माण सम्पन्न गरेको हो । १२ हजार ४ सय ९० लाभग्राहि रहेको रसुवामा ८ हजार ७ सय ६८ ले निजि आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार इकाई रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताए ।   जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा कम गोसाईकुण्ड गाउँपालिकामा र सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा घर निर्माण भएको समेत उपाध्यायले बताए ।  

जिल्लाको नौकुण्ड गाउँपालिकामा २ हजार ६ सय ९१, कालिका गाउँपालिकामा २ हजार ६३, उत्तरगया गाउँपालिकामा १ हजार ६ सय ५०, आमाछोदिङमो गाउँपालिकामा १ हजार २ सय २३ र गोसाईकुण्ड गाउँपालिकामा १ हजार १ सय ४१ गरि ८ हजार ६ सय ७८ घर निर्माण सम्पन्न भएको बताइएको छ । 

जिल्लामा हालसम्म ११ हजार ५ सय १५ जनाले पहिलो किस्ता वापतको रकम बुझेका छन् भने १० हजार २ सय ७५ जनाले दोस्रो र ८ हजार ७ सय ६८ ले तेस्रो किस्ता वापतको रकम बुझिसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार इकाई रसुवाले  जनाएको छ । 

सरकारले पुष मसान्तसम्ममा दोस्रो किस्ता र आगामि बैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो ।  सडक नपुगको स्थानमा हेलिकप्टर तथा खच्चडको प्रयोग गरेर निर्माण सामग्री लगि पुननिर्माणलाई तिब्रता दिइरहेको भुकम्पपिडितहरुले बताएका छन् । भूकम्प पीडितले पुननिर्माणलाई तिब्रता दिनका लागि पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोत र साधनको प्रयोग गर्ने लगायतका कार्य गरेका छन् । 

अनुदानको ३ अर्ब रकम बितरण

बिनासकारी भुकम्पबाट प्रभाबित भएकाको निजि आवास पुननिर्माणका लागि रसुवामा करिब ३ अर्ब रकम बितरण भएको छ । बिनासकारी भुकम्प गएको पुग्नै लाग्दा अनुदान वापतको २ अर्ब ९९ करोड ३८ लाख  रुपैया रकम बितरण भएको हो । पहिलो किस्ता बापतको ५० हजार बुझेका ११ हजार ५ सय १५ जना लाभग्राहिलाई ५७ करोड ५७ लाख ५० हजार, दोस्रो किस्ता बापतको १ लाख ५० हजार बुझेका १० हजार २ सय ७५ जनालाई १ अर्ब ५४ करोड, १२ लाख ५० हजार, र तेस्रो किस्ता बापत १ लाख बुझेका ८ हजार ७ सय ६८ जनालाई 

८७ करोड ६८ लाख रकम बितरण भईसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार इकाई रसुवाले  जनाएको छ । 


 गैरसरकारी संस्थाको सहयोगमा ८४१ घर निर्माण
निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ६ वटा गैरसरकारी संस्थाले ८ सय ४१ निजी घर निर्माण सम्पन्न गरेका राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार इकाई रसुवाले  जनाएको छ । 

बतास फाउण्डेसनले जिम्मेवारी पाएको १५२ वटै र ओएम नेपालले जिम्मेवारी पाएको ७ वटै घर निर्माण सम्पन्न गरेको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये ३५२, लुमन्तीले जिम्मेवारी पाएको ३७८ घरमध्ये २४० र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१, समार्टियन पर्सले १७ वटा घर निर्माण सम्पन्न गरेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा जिल्लामा एक हजार एक सय ९ वटा निजी आवास पुनर्निर्माण हुने भएको छ । 

Comments