Listen Live

​महिला स्वयंम सेबक दिबस,
Posted On: Dec 05, 2018

रसुवा, १९ मंसिर– रसुवाका दुर्गम क्षेत्रका महिला स्वयंम सेबिकाहरुले आज उल्लासमय रुपमा १५ औं महिला स्वास्थ्य स्वंयम सेबिका दिबस मनाएका छन । महिला स्वास्थ्य स्वयंम सेबिकाको निश्वार्थ सेवा,स्वस्थ्य संबृद्व राष्ट निमार्णमा टेवा भन्ने मुल नाराका साथ दिबस मनाएका हुन ।

जिल्लाका दुर्गम स्थानका प्रत्येक घरघरमा पुगि आबस्यक स्वास्थ्य सल्लाह तथा सुत्केरि लागायतका सेवामा सर्मपित भई काम गर्ने महिलाहरुले साना बाल बालिकहरुलाई संपुर्ण खोप लगाउ,बिमारी भए समयमै स्वास्थ्य संस्था जाउ,खाना समयमै खुवाउ,रोग बाट मुक्क्त हौउ भन्ने प्लेकार्ड बोकि जनचेतना मुलक र्याली समेत गरेका थिए ।

उत्तरगया गाँउ पालिकाले गाँउ पालिकामा रहेका महिला स्वयंम सेबिकाहरुको मनोब लबढाउन प्राथमिक स्वास्थ बाकस प्रदान गर्नुका साथै बर्ष भरिमा सबै भन्दा राम्रो र उत्कृष्ट काम गर्ने स्वयंम सेबिकालाई प्रमाण पत्र बाट सम्मान गरेको गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले बताइन्  ।

निस्वार्थ रुपमा काम गरिरहेका उत्तरगया गाउँपालिकाका महिला स्वयमसेविकाले भने सामान्य बिरामीका लागि स्वास्थ्य उपचार भएपनि जठिल खालका बिरामी स्वास्थ्य केन्द्रसम्म पुर्याउनका लागि वडाहरुमा यातायातको खाचो रहेको औल्याएका छन् । 
रसुवामका २७ वटा वडामा करिब १ सय ७० जना स्वयमसेविकाहरु लामो समयदेखि निस्वार्थ रुपमा घरघरमा पुगि स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । 

Comments