Listen Live

​नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन
Posted On: Dec 06, 2018

रसुवा, १६
नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन यहि पुष ८ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुने भएको छ । वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन भन्ने नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको हो ।  
जिल्ला सरकारी वकिल कार्यालय रसुवाद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय रसुवाका प्रमुख बाबुराम भट्टराईले सम्मेलनमा हुने बिषयबस्तु, उदेश्य बारे जानकारी गराउनुभएको थियो । अहिले पनि जिल्लामा सरकारी वकिल कार्यालयले प्रदान गरिने सेवाबारे नागरिकहरु अनबिज्ञ रहेको समेत बताउनुभयो । 

सम्मेलनमा मुलुकि अपराध संहिता, मुलुकि फौजदारी कार्यविधि संहिता  र फौजदारी कसुर र फौजदारी न्याय प्रशासन सम्बन्धि कानुनहरुको कार्यान्यनमा सरकारी वकिलको भुमिका, सरकारी वकिल कार्यालयको संस्थागत सुदृढिकरण एवम सरकारी वकिलको व्यवसायिकता लगायतको बिषयमा छलफल हुने  उहाले बताउनुभयो । प्रधान न्यायलय ऐन २००७ ले महान्यायधिवक्ताकोे व्यवस्था गरेको र सो ऐन २००८ साल भदौ ८ देखि लागु भएकोले महान्यायधिवक्ताको कार्यालयले उक्त दिनलाई सरकारी वकिलको स्थापना दिवसको रुपमा मनाउदै आएको छ । 
 

Comments