Listen Live

भूकम्पपीडितले जग्गा पाएनन्
Posted On: Dec 06, 2018

रसुवा, मंसिर २०

 भूकम्पपछि थातथलोमा पहिरो जाँदा आमा छोदिङ्मो गाउँपालिका सानो हाकुका कान्छा लामा विस्थापित भए जोखिमयुक्त बस्ती स्थानान्तरण लाभग्राहीको सूचीमा उनको पनि नाम प्रकाशित भयो पुनर्बासमा जानको लागि उनले सुरक्षित उपयुक्त जग्गा खोजिगरेको महिना बितिसक्यो तर अहिलेसम्म पाउन सकेका छैन्न

स्वेच्छिक स्थानान्तरणमा जाने विस्थापित परिवारले घडेरी योग्य जग्गा आफैं खोज्न पर्छ जग्गाको खोजीमा रसुवा नुवाकोट जिल्लाको विभिन्न ठाउँ घुमे तर सुरक्षित उपयुक्त जग्गा पाउन नसकिएको उनले बताए

स्वेच्छिक स्थानान्तरणमा जाने विस्थापित परिवारलाई घडेरीयोग्य जग्गा खरिद गर्न सरकारले दुई लाख अनुदान उपलब्ध गराउँदै आएको तर दुई लाखमा सुरक्षित उपयुक्त घडेरीयोग्य जग्गा पाउनै मुस्किल भयो,’ उनले गुनासो गरे सरकारले दिने लाख रुपैयाँ अनुदानले जग्गा खरिद गर्न सक्ने अवस्था छैन भएको जमिनको पनि जग्गाधनीहरूले मूल्य बढाउँदै जान थालेका छन् लाखमा आना जग्गा पाउन नसकिने समस्या

रसुवा जिल्लामा पर्याप्त सुरक्षित जमिन उपलब्ध नहुँदा नुवाकोटमा गई जग्गा खरिद गर्नुपर्ने बाध्यता विस्थापित परिवारलाई परेको पहिरोले थातथलो नै छोड्न पर्यो, सुरक्षित उपयुक्त जग्गा नपाउँदा जिल्ला नै छोड्न पर्ने बाध्यता परेको विस्थापित भूकम्पपीडित बताउँछन्

रसुवामा जग्गा नपाएपछि विस्थापित करिब ८५ परिवारले नुवाकोटमा जग्गा खरिद गरिसकेका छन् सामुदायिक आत्मनिर्भर सेवा केन्द्र पिनले जोखियुक्त बस्तीका भूकम्पपीडितलाई जग्गा खोज्ने लाख लिने प्रक्रियाको बारेमा सहयोग गरिरहेको संस्थाको वकालत अधिकृत सुषमा न्यौपानेले बताइन् उनले भनिन्, ‘रसुवा जिल्लामा सुरक्षित उपयुक्त जग्गापाउनै सकिएन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक ७० अध्ययनले जिल्लाका स्थानका बस्ती जोखिमयुक्त भनी देखाएको जसमा ३० वटा बस्तीलाई पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ २५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकहरू सुझाव दिन्छन्

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवा जिल्लाको जोखिमयुक्त बस्तीमा परेका हजार जना परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको त्यसमध्ये अहिलेसम्म सय ६४ परिवारले लाख बुझेर पुनर्बास प्रक्रिया पूरा गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख कृष्णकान्त उपाध्यायले बताए

स्थानान्तरणका लागि बाँकी रहेका सय ४३ परिवारको अझै टुंगो लागेको छैनविस्थापित भूकम्पपीडित परिबार राख्न रसुवा जिल्लामा उपयुक्त जग्गाको अभाव रहेको ,’ उनले भने पर्याप्त उपयुक्त जग्गाको अभाब हुँदा विस्थापितलाई पुनस्र्थापित गर्न ढिलाइ भइरहेको बाँकी रहेका विथापित परिवारलाई पनि क्रमश: पुनर्बास प्रक्रियामा लैजाने काम भइरहेको उपाध्यायले भने, ‘अहिले जग्गा खोज्ने काम भइरहेको

विस्थापितलाई पुनस्र्थापित गर्न स्थानीयले पनि कम चासो दिएको उनले बताए जग्गा खरिद गरेका सय ६४ परिवारमध्ये करिब ८० परिवारले मात्र घर बनाउन सुरु गरेका छन्

Comments